शेर्पा संञ्चारले समुदायलाई लक्षित गरि समाचार लेखन तालिम आयोजन गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 1, 2020

शेर्पा संञ्चारले समुदायलाई लक्षित गरि समाचार लेखन तालिम आयोजन गर्दै

काठमाडौँ – शेर्पा संचार समुह नेपालले समाचार लेखनमा गुणस्तरीयता कायम गर्ने लक्ष्यका साथ शेर्पा युवाहरुलाई लक्षित गरी एक हप्ते आधारभूत समाचार लेखन (पत्रकारिता ) तालिम आयोजन गर्ने भएको छ । शेर्पा पत्रकारहरुको छाता संगठन शेर्पा संञ्चार समूह नेपालले तालिम आयोजना गर्न लागेको हो ।

२०७६ पौष २२ गतेदेखि हुने तालिममा शेर्पा युवाहरुलाई लक्ष्त गरि सो तालिम दिन लागिएको र पत्रकारितमा कार्यरत प्रशिक्षबाट तालिम दिने संयोजक डोल्मा शेर्पाले जानकारी दिनु भयो । राजधानीको बौद्धमा टुसालमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिने जनाएको छ । तालिममा सहभागि हुन चहानेले शेर्पा संञ्चारको कार्यलयमा फारम भर्नुपर्ने प्रावधान राखिएको संस्थको महासचिब शेर्पाले जानकारी दिनु भयो ।

शेर्पा संञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा तालिम, सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास लिएको महासचिब शेर्पाले बताउनु भयो ।



from Sherpa media Group Nepal https://ift.tt/35jut1A

No comments:

Post a Comment

Pages