समुदायलाई लक्षित समाचार लेखन तालिम सुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 15, 2020

समुदायलाई लक्षित समाचार लेखन तालिम सुरु

शेर्पा युवाहरुलाई लक्षित गरि संचालन गरिएको समाचार लेखन तालिम २०७६ पौष २२ गतेदेखि सुरु भएको छ । शेर्पा सञ्चार समुह नेपालले आयोजना गरेको तालिमको उद्घाटन संस्थाका निवर्तमान अध्यक्ष फुर्किमा शेर्पाले गनु भएको हो । करिब २५ जना भन्दा वढी विद्यार्थीहरुको सहभागिता रहेको सो तलिमको सहजिकरण पि. टि लोप्चनले गर्ने भएको हो । विभिन्न सञ्चार माध्यममा काम गरी अनुभव प्राप्त प्रशिक्षकबाट तालिम दिइने भएको हुदा कार्यक्रम प्रभावकारी हुने आशा राखिएको संस्थाका अध्यक्ष निमल्हेकी शेर्पाले बताउनु भयो ।
शेर्पा सञ्चार समुह नेपालले शेर्पा समुदायलाई लक्षित गरी संचालन गरेको सो तालिममा तीन जना तमाङ्ग समुदायका युवाहरुले समेत सहभागीता जनाएको तालिम संयोजक डोल्मा शेर्पाले जनाकारी दिनु भयो । राजधानीको बौद्धमा टुसालमा सुरु भएको तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटिन छ । तलिम १० दिन सम्म सञ्चालन हुने छ ।
शेर्पा संञ्चार समूह नेपालले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा पत्रकारिता, फोटोपत्रकारिता, उद्घोष, लगायत सञ्चार सँग संबन्धित विभिन्न तालिमहरु प्रदान गर्दै आईरहेको छ भने शेर्पा समुदायमा सञ्चर माध्यमको महत्व र आवश्यक्ताका विषयमा सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । संस्थाले विशेष गरी मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास रखिएको छ ।

The post समुदायलाई लक्षित समाचार लेखन तालिम सुरु appeared first on .



from https://ift.tt/35YMHG2

No comments:

Post a Comment

Pages