सउल सांगितिक साझकाे तयारी पुरा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, January 14, 2020

सउल सांगितिक साझकाे तयारी पुरा

आदिवासी जनजाती महासंघ द.कोरिया सांस्कृतिक बिभागले सलनालको पहिलो दिन जनवरी २४ तारिख आयोजना गर्न गैरहेको “सउल सांगितिक साझ”काे तयारी पुरा भएको महासंघका अध्यक्ष युगेल तेन्डुप शेर्पाले बताए।

कार्यक्रमकाे लागि चिठ्ठि पत्र र निमन्त्रणा कार्ड सम्बन्धित संघ संस्था र ब्यक्ति बिशेषलाई बितरण गरि सकिएकाे सचिब राजु राईले जानकारी दिए। प्रचार प्रशारकाे लागि कार्यक्रमकाे पाेस्टरहरू काेरियाका विभिन्न शहरहरूमा टासि सकिएकाे छ।साैल, सुवन, थेगु, किम्हे बुसान, ह्वासाङ, किम्पाे लगायतका शहरहरूमा कार्यक्रमका पाेस्टर पम्पलेटहरू टासिसकेकाे महासंघका अध्यक्ष शेर्पाले बताए।

उता नेपालमा कलाकारहरूकाे भिजा प्रक्रियाका लागि काेरियन दुताबासमा निबेदन पेश गरि सकिएकाे जनाईएकाे छ। सउल सांगितिक साझकाे सहयाेगका लागि विशेष सहयाेग आर्थिक अभियानमा खुलेर सहयाेग गर्ने सबै जातिय संस्था,क्षेत्रीय सस्थाहरु र सम्पुर्ण सहयाेगिदाताहरूलाई आयोजकले विशेष धन्यबाद प्रदान गरेकाे छ। साथै अन्य सहयाेग गर्न चाहाने महानुभावहरूले पनि यस च्यारिटी अभियानमा खुला मनले सहयोग गरी दिन र कार्यक्रममा उपस्थित भै ख्यातिप्राप्त कलाकारहरु तथा डिजेका साथमा भरपुर मनोरञ्जन लिन हुन अध्यक्ष शेर्पाले अनुराेध गरेका छन् ।

The post सउल सांगितिक साझकाे तयारी पुरा appeared first on .



from https://ift.tt/2QR0pX3

No comments:

Post a Comment

Pages