मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन सुरु , पौष ५ गते सम्म आवेदन खुला - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, December 15, 2019

मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन सुरु , पौष ५ गते सम्म आवेदन खुला

काठमाडौं – मिस एण्ड मिस्टर टिन शेर्पा २०२० को अडिसन शनिबारबाट काठमाडौं सुरु भएको छ । शेर्पा समुदायका किशोर किशोरीलाई लक्षित गर्दै गत वर्ष देखि आयोजना गर्न थालेको मिस्टर एण्ड मिस टिन शेर्पाको अडिसन शनिबारबाट काठमाडौंमा सुरु भएको हो ।
सो प्रतियोगिताको लागि मंसिर १५ गतेदेखि २८ गते सम्म आवेदन दिन सकिने बताएक आयोजक संस्थाले आवेदनको लागि मिति थपगरिएको  छ ।


इच्छुक ब्याक्तिहरुले यही पौष ५ गते दोस्रो अडिसन सम्म आवेदन दिन सकिने गौतम बुद्ध फिल्मस् प्रालिका अध्यक्ष छिरिङ डोमा शेर्पाले जानकारी दिनु भयो ।

यस प्रतियोगिताको ‘ग्राण्ड फिनाले’ माघ १ गते बुधबार काठमाडौँको प्रज्ञा भवनमा हुने जानकारी दिनु भयो ।
प्रतियोगिताको पहिलो अडिसनमा सिन्धुपाल्चोक , सोलुखुम्बु , संखुवासभा,भोजपुर , ताप्लेजुङ लगायत विभिन्न जिल्लाबाट ३५ जना भन्दा बढीले सहभागिता जनाएको छ ।


यस प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाक शक्तिलाई अब्बल बनाउँदै संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्थाका अध्यक्ष छिरिङ डोमा शेर्पाले बताउनु भयो ।

 



from Sherpa media Group Nepal https://ift.tt/36E3fEc

No comments:

Post a Comment

Pages