सोलुखुम्बुमा हिमपात पछि चिसो ह्वातै बढ्यो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, December 13, 2019

सोलुखुम्बुमा हिमपात पछि चिसो ह्वातै बढ्यो

सोलुखुम्बु, मंसिर २७, वर्षा भएसँगै हिमाली जिल्ला सोलुखुम्बुमा ह्वात्तै चिसो बढेको छ । हिउँदको समय सुरु भएसंगै सिम सिम बर्षा समेत भए पछि बढी चिसोको महसुस भएको सर्बसाधरणहरुले बताएका छन् । जिल्लाको सदरमुकाम सल्लेरी आसपासको क्षेत्रमा बढी ठण्डी महसुस भएको छ, भने जिल्लाको माथिल्लो क्षेत्र खुम्बुमा हिमपात भएको छ ।
दुई दिनदेखिको बाक्लो कुहिरोले चिसो बढेको खुम्बु क्षेत्रमा आजबाट हिमपात सुरु भएको हो ।

हिमपात सँगै खुम्बु क्षेत्रमा पानी पनि परिरहेको सहकर्मी जेपि राईले जानकारी दिए । चिसो बढेपछि खुम्बु क्षेत्र सहित सल्लेरी तथा आसपासका क्षेत्रका स्थानीयहरुले नियमित काम समेत प्रभावित बनेको छ । मौसम नखुल्नुका साथै चिसो बढे पछि हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । हिमपातले नाम्चेको माथिल्लो भेग, खुम्जुङ लगायतका माथिल्लो क्षेत्र सेताम्मे बनेको राईको भनाई छ ।

२ दिन देखि हुस्सु र कुहिरो लागेकाले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा पनि उडान प्रभावित भएकोछ । चिसोका कारण जिल्लाको तल्लो क्षेत्रका सर्बसाधरणको दैनिकिमा समेत फेरबदल भएको छ । अहिले दैनिक बिहानीपख पानी जम्न थालेको छ भने तुसारो पनि पर्न थालेको छ । जाडोले गर्दा स्थानीयहरुलाई बाहिर काममा निश्कन समेत मुस्कील पर्ने गरेको छ ।

खेतबारीको काम छाडेर सर्वसाधारण घरभित्रै बस्न थालेका छन् । चिसोले बढि बृद्धबृद्धा र बालबालीका प्रभावित बनेका छन् । चिसोले बृद्धबृद्धा र बालबालीकामा रुघा, खोकी, निमौनिया जस्ता समस्या देखिने सम्भावना बढेको छ ।

The post सोलुखुम्बुमा हिमपात पछि चिसो ह्वातै बढ्यो appeared first on .



from https://ift.tt/2qOlNlP

No comments:

Post a Comment

Pages