खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा सफल परीक्षण उडान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 23, 2019

खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा सफल परीक्षण उडान

ओखलढुंगा : ओखलढुंगाको पर्यटकीय क्षेत्र खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा परीक्षण उडान सफल भएको छ । सोमबार बिहान तारा एयरको नाइन एन एइभी विमानले सफल अवतरण गरेको हो । परीक्षण उडान तथा विमानस्थल निरीक्षणका लागि पर्यटनमन्त्री योगेश भट्टराई र संघीय संसदको विकास समितिको टोली गएका थिए । पर्यटकीय क्षेत्रलाई लक्षित गरेर निर्माण थालेको उक्त विमानस्थल निर्माण गत हप्ता मात्रै पुरा भएको थियो । निर्माण सकिनासाथ परीक्षण उडान भरेर सुधार तथा नियमित उडानका लागि पहल थालिएको पर्यटनमन्त्री भट्टराईले बताए । उनले विमानस्थल थप चौडा बनाएर कालोपत्रे गर्न पहल गर्ने प्रतिबद्धता जनाए । खिजी क्षेत्रको पर्यटन विकासका लागि पूर्वाधार निर्माणमा मन्त्रालयले बजेट व्यवस्था गर्ने भट्टराईको भनाइ छ।

स्थानीयले यो विमानस्थलको स्तरोन्नति र कालोपत्रे गर्न माग गरेका छन् । निर्माण सकिन १३ वर्ष लागेजस्तो उडान पनि परीक्षणमा सिमित नहोस् भन्दै मन्त्रीको ध्यानाकर्षण गराइएको सांसद यज्ञराज सुनुवारले बताए । ओखलढुंगाहुँदै सगरमाथा जान अति उपयुक्त पदमागका बीचमा रहेको विमानस्थल नियमित चल्न सके पर्यटक भित्र्याउन सहज हुने सुनुवारको भनाइ छ । स्थानीयले माग पत्र नै पेश गरेर खिजी क्षेत्रको पर्यटन विकासमा ध्यान दिन माग गरेका छन् । ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अगुवाइमा पेश गरिएको माग पत्रमा खिजीचण्डेश्वरी विमानस्थलमा ठूला जहाज अवतरण गर्न मिल्ने गरि स्तरोन्नति र कालोपत्रेको माग गरिएको छ ।
त्यस्तै पर्यटकीय क्षेत्रको विकासमा मन्त्रालयले बजेट व्यवस्था गरेर पर्यटन वर्ष २०२० मा हजारौं पर्यटक खिजी क्षेत्रमा आकर्षित गर्न सहयोग गर्न माग गरिएको पर्यटन व्यवसायी पेम्वा शेर्पाले बताए । मन्त्री भट्टराईले स्थानीयको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएर फर्किएका छन् ।

यो विमानस्थल सम्पन्न गर्नै १३ वर्ष लागेको थियो । ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थल ०६३ सालमा निर्माण सुरु भएको थियो । पर्यटकीय क्षेत्र, सडक यातायातको पहुँच कम, तथा खिजीबाट लुक्लालगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ । स्थानीय युवा चम्पक सुनुवारले परीक्षण उडानबाट स्थानीय उत्साहित बनेको बताए । उनल यो विमानस्थल खिजीको लाइफलाइन भएकाले किालोपत्रे गरेर नियमित उडान गर्नुपर्नेमा जोड दिए । नियमित उडान भएमा खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्वा, पिकेहुँदै सगरमाथा जान पदमार्ग सहज छ । प्लेन मार्फत जानका लागि समेत मन्थली भन्दा नजिक पर्छ । सगरमाथा जाने पदमार्ग पनि स्तरोन्नति गरेर विमानस्थल सुचारु गर्न सके यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय युवा सुदिप सुनुवारले बताए ।

यो विमानस्थलबाट ४ घण्टा पैदल दूरीमा नेपालका ७ अग्लामध्येको एक देम्वाडाँडा समेत रहेको छ । यो विमानस्थलको रनवे ४० मिटर चौडा र पाँच सय ८० मिटर लामो छ।

The post खिजीदेम्वास्थित खिजीचण्डेश्वरी विमानस्थलमा सफल परीक्षण उडान appeared first on .



from https://ift.tt/373rnjK

No comments:

Post a Comment

Pages