सोवा रिग्पा उपचार पद्धतीमा डाक्टर गर्ने डोल्पाकी महिला डा. उगेन पुटी गुरुङ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 12, 2019

सोवा रिग्पा उपचार पद्धतीमा डाक्टर गर्ने डोल्पाकी महिला डा. उगेन पुटी गुरुङ

डोल्पाका महिलाहरुबाट पहिलो पटक सोवा रिग्पा उपचार पद्धतीमा डाक्टर गर्ने पहिलो महिला उगेन पुटी हुन उनले सन २००५ मा वनारसबाट उच्च शिक्षा हासिल गरेकी थिइन । उनले डाक्टर उपाधि पाइ रहदा उनलाई थाहा थिएन डोल्पा जिल्लाबाट पहिलो पटक डाक्टर उपाधि लिने महिला भनेर पछि डोल्पो जनजाती विकाश केन्द्रले सम्मान दिदा मात्र थाहा पाएकी थिइन ।
उनलाई जुन दिन केन्द्रले सम्मान ग–यो तव मात्र थाहा पाएकी उनी बताउछिन । डोल्पा हिमाली जिल्ला भएकाले प्राय महिलाहरु घरायसी कामकाजमा दिन विताउने गर्छन । उनी महिलाहरुलाई अगाडी आउनु पर्छ महिलाले पनि गर्न सक्छ भन्ने प्रेरणाको स्रोत हुन सफल भएकी छिन । उनलाई देख्दा डोल्पाली दिदीवहिनीहरुमा हौसला बढ्ने गरेको डोल्पाकी पेमा डोल्मा बताउछिन ।

बाल्यकाल डोल्पा जिल्लाको छर्क ताङ्स्योङ गाउँपालिका वडा न १ छर्क भोतमा विताएकी गुरुङको जन्म सन १९८४ मा भएको थियो । सानो छदा नै केही नयाँ कार्य गर्ने सोचमा रहेकी उनले काका..मेन्री पोन्लोप रिन्पोचेकोे सहयोगमा त्जभThe Centeral School For Tibetan in Dolanji Himanchal Pradesh बाट अध्ययन गर्ने अवसर पाएकी थिइन भने सन २००५ मा Centeral University For Tibetan Studies in Sarnath, Vanarasi बाट सोवा रिग्पा उपचार पद्धतीमा उच्च शिक्षा हासिल गरेकी थिइन ।
अध्ययन सकाएर नेपालमा आएपछि गाउँ कै स्वास्थ्य चौकीमा एक वर्ष काम गरेकी थिइन । पछि काठमाडौँ आएर सन २०१५ मा तिनचुलि बौद्धमा हिमपात क्षेत्र कल्याण क्लिनिक संचालन गरेकी छन । उनी सोवा रिग्पा शिक्षाको बारेमा जानकारी दिन विभिन्न सभासम्मेलनमा भाग लिन मलेसिया, ताइवान गइसकेकी छिन भने नेपालमा निशूल्क स्वास्थ्य सिविर संचालन गर्दै आएकी छिन ।
उनलाई यसरी अगाडी बढ्नमा घरपरिवार र विशेषगरि श्रीमानले साथ दिने गरेका छन । सोवा रिग्पा उपचार पद्धतीमा विशेषगरि हातको नसा छामेर उपचार गरिने गरिन्छ । यो परापुर्व काल देखि चलि आएको उपचार पद्धती हो । यसमा हिमाली जडीबुटी प्रयोग गरि औषधीहरु निमार्ण गर्ने गरिन्छ ।

The post सोवा रिग्पा उपचार पद्धतीमा डाक्टर गर्ने डोल्पाकी महिला डा. उगेन पुटी गुरुङ appeared first on .



from https://ift.tt/2YHFf0c

No comments:

Post a Comment

Pages