कोरियामा अन्तर्राष्ट्रिय बुद्धिष्ट एक्सपो - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, November 17, 2019

कोरियामा अन्तर्राष्ट्रिय बुद्धिष्ट एक्सपो

अन्तर्राष्ट्रिय बुद्धिष्ट एसोसियशन कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय बुद्धिष्ट एक्सपो – २०१९ बिहीबारदेखि सुरू भएको छ । ४ दिन चल्ने प्रदर्शनी १७ गते आइतबार समापन हुनेछ ।

आज प्रदर्शनीको उद्घाटन कोरियाका जोग्योसा गुम्बाका प्रमुख लामा, सउल महानगरको मेयर र कोरियाका बिशिष्ट व्यक्तित्वहरू, कोरियाका लागि नेपाल, श्रीलङ्क, भियतनाम, म्यान्मा, फिलिपिन्स, थाइल्यानड लगायतको देशका राजदुतहरू सहभागितामा भएको हो । विशेष गरी बुद्धिष्ट सामाग्री थाङ्का, माला, लुङ्ता, धाजा, बुद्धको फोटो लगायतका प्रदर्शनीमा राखिएका छन् ।

नेपालको तर्फबाट नेपाली राजदुताबास र सउल नेपाल गुम्बाको संयुक्त रूपमा एउटा स्टल राखेको सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ दोर्जे लामाले जानकारी दिए । त्यस्तै अन्य कोरिया, श्रीलङ्क, भियतनाम, म्यान्मा, फिलिपिन्स, थाइल्यानड लगायतका १० भन्दा बढी देशहरूले छुट्टाछुट्टै स्टलहरू राखिएका छन् । प्रदर्शनीमा राखिएको सामग्रीहरू बिक्री गर्ने बताएको छ ।

एक्सपोमा कोरियन साँस्कृतिक प्रस्तुतीसहित सहभागी देशहरूको पनि साँस्कृतिक प्रस्तुती प्रदर्शन हुने कुन्साङ लामाले बताए । उनले चार दिन चल्ने प्रदर्शनीमा मिल्ने समयमा अवलोकन गर्न अनुरोध गरेको छ ।

प्रदर्शनी स्थल रेल (ट्रेन) ३ नं. लाइन 학여울 (Hyagnyeoul) स्टेशनको गेट नं. १ अगाडी बुद्धिष्ट एक्स्पो सेन्टरमा भइरहेको छ ।

The post कोरियामा अन्तर्राष्ट्रिय बुद्धिष्ट एक्सपो appeared first on .



from https://ift.tt/33USNXJ

No comments:

Post a Comment

Pages