राजनैतिक ब्यबस्था धेरै बदलिए तर जनताकाे जीवनशैली कहिल्यै बदलिन सकेन - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, October 6, 2019

राजनैतिक ब्यबस्था धेरै बदलिए तर जनताकाे जीवनशैली कहिल्यै बदलिन सकेन

हाम्राे देशमा धेरै राजनैतिक ब्यबस्थाहरु परिवर्तन भए,धेरै नेपाल आमाका छाेराछाेरीहरुले आफ्नाे ज्यान बलिदान दिए रगतका खाोलाहरु बर्षाकाे बेल झै बेला बेलामा बगिरह्याे समृद्द नेपालकाे सपना बाेकेर लड्नेहरुकाे पक्षमा न त लाेकतन्त्र आयाे न त संघीय शासन ।मर्नेहरु मरेर गए ,बाँच्नेहरुकाे जीवन अन्याय ,अत्याचार ,गरिबीकै चपेटामा परिरहेकाे छ ।दुख गरेर जीवन गुजारा गरिरहेका नेपालीहरुलाइ राज्यबाट पाउनुपर्ने सुबिधाहरु पाउन सकिरहेकाे छैन ।संबिधानमा धेरै हक ,अधिकार र सेवा सुबिधाहरु पाउने कुराहरु उल्लेख भएतापनि अधिकाँश नेपालीहरु यी कुराहरुबाट बिमुख देखिन्छन ।जाे बाेल्न सक्छ ,जाे दलकाे कार्यकर्ता बनेकाे छ ,जसकाे आफन्त ,नातागाेता राज्यकाे बिभिन्न निकायमा छ उनीहरुकाे मात्र पहुँच रहेकाे पाइन्छ ।
बिकास निर्माणमा बजेट भाँडफाँट हुन्छ तर स्थानीय तहहरुमा अझै बजेटकाे कार्यन्वयन सही रुपमा भएकाे पाइदैन ।गाँउगाँउमा सिंहदरबार पुगेकाे छ ।गाउंमै सरकार पाएकाे छ ।स्थानीय तहमा कराेडाै बजेट छुट्याइएकाे पाइन्छ तर सीमित ठाउंहरुमा बाहेक बजेट कार्यन्वनमा अत्यन्तै फितलाे देखिएकाे छ ।बेराोजगारीका कारण शिक्षीत युवाहरु +२ उतिर्ण हुन साथ बिदेशिन थालेकाे छ ।स्थानीय तहमा नेतृत्व गर्नेहरु आफ्नाे नाम राम्ररी लेख्न नसक्ने अनि कमजाेर नेतृत्वका कारण बिकास पुरानै शैलीमा अगाडि बढिरहेकाे छ ।अझै पनि बार्षिकरुपमा बिनियाेजित बजेट प्रत्येक बर्ष त्यही एकै ठाँउकाे काठे पुल भत्काउने,पर्खाललगाउने जस्ता अनुपात्दनमुलक क्षेत्रमा लगानी गरिरहेकाे छ । कुनै एक ब्यक्तिले एउटा सरकारी काम तथा प्रशासनिक सेवा लिन हप्ताै दिन लगाउनुपर्ने बाध्यता ,हरेक काममा राजनैतिक ब्यक्ति र नेताहरुकाे सिफारिस नभइ हाम्राे देशमा काम गर्नै गाह्राे छ ।सरकारी कर्मचारीहरु कार्यालयकाे कामलाइ अाफनै किराना पसल,दाोकानमा झै मनपरि समयमा आउने जाने ,खाजा खाना गएपछि लामाे समय हराउने ,ग्राहकहरुलाइ वास्तै नगरी कुर्सीमा उपरखुट्टी लगाएर बस्ने ,दशै तिहार जस्ता चाढहरुमा महिनाै बित्दा समेत कार्यलयमा फर्केर नआउने जस्ता ब्यबहारले पनि सामान्य नागरिकहरु सरकारी सेवा र सेवा प्रदायक निकायदेखि रुस्ट देखिएकाे पाइन्छ ।
प्राकृतिक रुपमा सुसज्जित नेपालकाे पर्यटन प्रबर्धनन गर्न हाम्राे देशकाे राजनैतिक बातावरणलाइ राम्राे बनाउनु पर्छ ।त्रिभुवन बिमान स्थलमा देशी बिदेशी पर्यटकप्रति गरिने ब्यबहारमा सुधार हुनुपर्दछ ।उनीहरुकाे सुविधाकाे लागि एट्रक्सन बाेर्ड ,सस्ताे र सुलभ सावरी साधन ,बिरामी हुदा रेस्क्सु टिमकाे ब्यबस्था ,राजधानीमा अस्तब्यस्त शाैचालयहरु ब्यबस्थित गर्नुपर्दछ ।पर्यटकहरु बस्ने हाेटल रेष्टुराकाे मेन्यूमा एकरूपता ल्याउन सके visit Nepal 2020 सफल हुने महसुस गरेकाे छु ।

हाम्राे देशमा अझैपनि गाँउ गाउँमा सिटामाोल पुग्न सकिरहेकाे छैन ।नागरिकहरुले समयमा उपचार हुन नसकि अकालमा ज्यान गुमाउन बाध्य छ तर नेताहरु भने स्वास्थ्य परिक्षणकाे लागि राज्यकै ढुकुटीबाट खर्च गरेर बिदेश गइ उपचार गर्छन ।पछिल्लाे समय वाइट बडी ,सुन तस्करी ,बलात्कार ,आत्महत्या ,
हत्या हिंसा जस्ता जघन्य अपराधका घटनाहरुमा प्रत्यक्ष ,अप्रत्यक्ष रुपमा सत्तामा रहेका दलका नेताहरु नै संलग्न रहेकाे पाइन्छ ।नेपालकाे संबिधानले यस्ता गलत कार्य गर्ने नेताहरुलाइ किन कानुनकाे कठघरामा उभ्याएर कडा भन्दा कडा कार्बाही गर्न सकिरहेकाे छैन ?कहाँ के अनुसन्धान गरेर बसिरहेका छन अख्तियार दुरुपयोग अनुसन्धान आयाेग र त्यहाँ कार्यरत अधिकारीहरु ?जनताले पहिचान ,अधिकारकाे माँग गर्दा लाठी र अश्रु ग्याँस छर्कने ति प्रहरी प्रशाषन किन टुलुटुलु हेरिरहेकाे छ ?जनताकाे बिश्वासकाे मतले जितेर गएका प्रतिनिधिहरु गलत काममा संलग्न हुन्छन भने अब जनता
लाटाे भएर अझै बिश्वास गर्नेवालामा छैन ।चुनाव जित्नु अधि याे गर्छु त्याे गर्छु भनेर बाेलेका अथवा प्रतिबद्धताहरु कति कार्यन्वयन भने नेताहरुले आत्मआलाेचना ,आत्ममुल्यांकन गर्नुपर्ने देखिन्छ ।बिकास निर्माणमा खर्चनुपर्ने महत्वपुर्ण समय अराजक कृयाकलाप गरेर ढुकुटी रित्याउने र सरकारकाे ५ बर्षे समयवधि सकाउने खेल हाे भने अब जनताले पक्कैपनि माफी दिने छैन ।हामीले हाम्राे देश समृद्द बनाउन सर्वप्रथम राजनैतिक दलका नेताहरु र सरकारी निकायहरुमा कार्यरत कर्मचारीहरुकाे ब्यबहार र मनस्थितिमा सकारात्मक परिवर्तन हुनु आवश्यक छ ।
फुर्वा शेर्पा साेलुखुम्बु
हाल :-टाेक्याे ,जापान

The post राजनैतिक ब्यबस्था धेरै बदलिए तर जनताकाे जीवनशैली कहिल्यै बदलिन सकेन appeared first on .



from https://ift.tt/35bsVYC

No comments:

Post a Comment

Pages