१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 29, 2019

१५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु

सोलुखुम्बु, कात्तिक १२ जिल्लाको तल्लो क्षेत्रमा पनि पर्यटकको आवागमन बृद्धिको लक्ष्य राखेर आयोजित पर्यटन बर्ष सन् २०२० लक्षित‘सोलुखुम्बुु ट्रेल रेस’ओखलढुंगा र सोलुखुम्बुको सिमाना धापबाट सुरु भएको छ ।

रेसको औपचारिक उद्घाटन सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले गरे । आयोजक संस्था ‘दी स्मल वल्र्ड’का अध्यक्ष कर्मा शेर्पाका अनुसार सोलुखुम्बुको तल्लो भेगबाट सुरु भएर आधार शिविर पुगि पुनःतल्लो क्षेत्रको फाप्लुमा आएर रेस समापन हुनेछ ।

धावकहरु ४ हजार ६ सयअग्लो पिके पिक, ३ हजार ५ सय मिटर अग्लो लामाजुरा पास गर्दै पर्यटकीय गाउँ जुनबेंसी, टाक्सिन्दु गुम्बा, नुम्बुर र करेलुङको फेदमा रहेको पबित्रताल दूधकुण्ड पोखरी हुदैै दौडने छन् । प्रथम सगरमाथा आरोहीहरु तेन्जिङ नोर्गे र सर एडमण्ड हिलारी हिँडेको ऐतिहासिक पद मार्गलाई पछ्याउदै धावकहरु दौडिने आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले बताए । रेसमा विदेशी ६५ जना र नेपालका १५ जना सहभागी छन् ।

रेसमा सहभागी अधिकांश धावकहरु फ्रान्सबाट आएका छन् । रेसमा बेल्जियम, स्वीजरल्यान्ड लयागतका यूरोपेली देशका धावक पनि सहभागी छन् । रेसमाचर्चित विन्टर एथलेक्टिस दावा दाछिरी शेर्पा सहभागि भएका छन् । शेर्पाले विन्टर ओलम्पिकमा नेपालको नेतृत्व गरिसकेका छन् । ५ औं पटकसम्म अन्तरराष्ट्रिय स्तरको दौडमा बिजेता बनेका दाछिरी सोलुदुधकुण्ड नगरपालिका १ टाक्सिन्दुका हुन् ।

३ सय १० किलोमिटर दूरीको दौड पुरा गर्न १५ दिनलाग्नेछ । रेसमा ५ हजार ४ सय मिटर अग्लो सगरमाथा क्षेत्रको रेन्जोला पास, गोक्यो भ्याली, ५ हजार ३ सय ६४ मिटर उचाइमा रहको सगरमाथा आधार शिबिर पुग्नुपर्नेछ । फर्किने क्रममा धावकहरु गोरक्सेप, लोबुचे, फेरीचे, तेङबोचे, नाम्चेबजार, लुक्ला, खरीखोला, नुनथला, टाक्सिन्दु हुँदै फाप्लु आइपुग्नेछन् ।

The post १५ दिन लामो ‘सोलुखुम्बु ट्रेल रेस’ शुरु appeared first on .



from https://ift.tt/2JwyYOx

No comments:

Post a Comment

Pages