शेर्पा संञ्चार ओखलढुंगाले ८ दिने उद्घोषण तालिम संचालन गर्ने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, September 15, 2019

शेर्पा संञ्चार ओखलढुंगाले ८ दिने उद्घोषण तालिम संचालन गर्ने

काठमाडौं – शेर्पा संञ्चार समूह नेपाल जिल्ला शाखा ओखलढुंगले ८ दिने शेर्पा तथा नेपाली भाषा उद्घोषण तालिम संचालन गर्ने भएको छ । संचारमाध्यमा शेर्पा समुदायको भूमिका रहने र युवाहरुको समयको सदुपयोग होस् भन्ने उद्देश्यकासाथ यही असोज १ देखि ८ गतेसम्म ओखलढुंग जिल्लाको खिजीेदेम्बा गाउँपालिको खिजीफलाटे स्थित होटल देम्बाको सभाहलमा आयोजना गर्न लागिएको हो ।

शेर्पा संचार समूह नेपालले शेर्पा समुदायलाई निरन्तर संचारमाध्यमको क्षेत्रमा अग्रसर गराउने उदेश्यले शेर्पा संञ्चार समुह नेपालले जिल्ला शाखा ओखलढुंग गठन गरिएको अध्यक्ष निम्लेकी शेर्पाले बताउनु भयो । संचारमाध्यममा शेर्पा समुदायको पनि थप भूमिका हुने उद्देश्यले समाचार लेखन, फोटोग्राफी, उद्घोषण लगातय विषयमा तालिम प्रधान गर्दै आएको सम्पुर्णमा जानकारी गर्दछौं ।
संचारमाध्यममा आदिवासी जनजातीको भूमिका न्युन हुने गरेको र शेर्पा समुदायको सक्रियता कम भएकोले उनीहरुलाई प्रोत्साहन गर्न प्रत्यक वर्षे केन्द्रमा मात्र नभएर जिल्ला शाखाहरुमा समेत तिालिम दिने उद्देश्य रहेको संस्थाको महासचिव पासाङ शेर्पाले बताउनु भयो ।
संस्थाले असोज १गतेबाट सञ्चालन हुने उद्घोषण तालिममा इच्छुक ओखलढुंग खिजीदेम्बा गाउँपालिकको सम्पुर्णमा व्यक्तिहरुलाई सहभागी हुन आह्वान गरेको छ ।



from Sherpa media Group Nepal https://ift.tt/31zwNkh

No comments:

Post a Comment

Pages