हावाहुरीसगैको बर्षाले सोलुखुम्बुको मकैबारी सखाप, कृषक चिन्तित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 15, 2019

हावाहुरीसगैको बर्षाले सोलुखुम्बुको मकैबारी सखाप, कृषक चिन्तित

हावाहुरीसगै आएको वर्षाले सोलुखुम्बुको मकै बारी सोत्तर बनाएको छ । यसरी पाक्नै लागेको मकैको बोट हावाहुरी सहितको पानीलेले ढालेपछी कृषक चिन्ति बनाएको छ ।

५ दिन देखिको बर्षा र हावा हुरीका कारण जिल्लाको अधिकाशं क्षेत्रको मकै बालीमा क्षति पुगेको छ । घोगा लाग्न लागेको मकैको बोट नै सखाप भए पछि भोगमगरीको अवस्था सृजना हुन सक्ने भन्दै कृषकले चिन्ता ब्यक्त गरेका छन् ।

जिल्लाको केरुङ, तामाखानी, गार्मा, तिङला,सोताङको नाम्लुङ,गोरा, टाप्टिङ,लिखुपिके लगायतका क्षेत्रका मकै बालीको बोट ढलेको छ । बर्षभरी खान पुग्ने गरी लगाएको मकै पाक्नै नपाई प्राकृतिक विपत्तीले सखाप परेको तामाखानीका कृषक मनिश रेग्मी मगरले जानकारी दिए । हावाहुरी र बर्षाले कृषकलाई ठुलो क्षति पु¥याएको अर्का कृषक अम्बर बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

केरुङ क्षेत्रको बारीको मकै ढलेर पुरै चौर जस्तै बनेको छ । जिल्लामा बर्षा र हुरी बतासले मकै बालीमा क्षति पुगेको भए पनि यकिन विबरण भने सकंलन भईनसेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका बागबानी विकास अधिकृत लक्ष्मण दासले जानकारी दिनुभयो ।
श्रोत, रेडियो सोलु

The post हावाहुरीसगैको बर्षाले सोलुखुम्बुको मकैबारी सखाप, कृषक चिन्तित appeared first on .



from https://ift.tt/2ltOLUU

No comments:

Post a Comment

Pages