गुडिरहेको टाटा सुमो माथि पहिरो खस्दा दुईको मृत्यु, आठ घाइते - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 27, 2019

गुडिरहेको टाटा सुमो माथि पहिरो खस्दा दुईको मृत्यु, आठ घाइते

त्रिशूली (नुवाकोट) : गल्छी-रसुवागढी सडकखण्डमा शनिबार गुडिरहेको गाडीमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ। अन्य आठजना घाइते छन्। रसुवाबाट काठमाडौंका लागि छुटेको ना १ ज ७८२४ नम्बरको टाटासुमो रसुवागढी नाका नजिकै गोसाइँकुण्ड गाउँपालिका-२ को पहिरोमा पुरिएको हो।

पहिरोसँगै झरेको ढुंगाले टाटासुमो छोपिँदा सोलुम्बुका दावा शेर्पा र वाङ्छु शेर्पाको घटनास्थलमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए। दुर्घटनामा सालुखुम्बु भकान्जे निवासी छोङवा शेर्पा गम्भीर घाइते भएका छन् ।उनीहरू सहित ५ जनाको अहिले धुन्चेमा उपचार भइरहेको छ।

चालकसहित अन्य सातजनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ। टाटासुमोमा १० जना यात्रु सवार थिए । उनीहरु सबै सोलुखुम्बुको भएको खुलेको छ। प्रहरीले दुर्घटना भएको करिब दुई घण्टापछि मात्र उद्धार सम्पन्न गरेको थियो ।

The post गुडिरहेको टाटा सुमो माथि पहिरो खस्दा दुईको मृत्यु, आठ घाइते appeared first on .



from https://ift.tt/2Ybprpd

No comments:

Post a Comment

Pages