हृदयघातका कारण जापानमा एक नेपालीकाे मृत्यु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 29, 2019

हृदयघातका कारण जापानमा एक नेपालीकाे मृत्यु

 

जापानको सिजुओका केनमा कार्यरत एक नेपाली को हिजो राति मृत्यु भएको छ ।

बाग्लुंग गल्कोट-६ चराैदी स्थाइ घर भइ बिगत २३ बर्ष देखि जापानमा कार्यरत रहदै आउनु भएका झप बहादुर खत्रीको हिजो राती निधन भएको हो ।

राती सुतेको अबस्थामा असहज भएपछि संगै रहेका छोरी र साथिहरुले एम्बुलेन्स मा अस्पताल पुराइएको थियो । अस्पतालले बिहान २ बजेर २९ मिनेटमा मृत्यु घोषणा गरेको सिजुओकाबाट गल्कोट समाजका महासचिब कृष्ण केसीले जानकारी दिनुभयो ।  मृत्युकाे कारण हृदयघात भएकाे अस्पतालले पुष्टि गरेकाे छ । मृतक खत्री बिगत लामो समय देखि सिजुओका स्थित इन्डीयन रेष्टुरेन्टमा काम गर्दै आउनुभएको थियो ।

सिजुओकाबाट आनन्द बस्नेतका अनुसार १ हप्ता सामान्य असहज भएको तर अस्पताल गएर खास ठुलो केहि नभएको भन्दै औषधी सेवन गरी १ हप्ता रेष्टमा रहनुभएकाे थियाे ।

उहाँको श्रीमती, १ छोरी र १ छोरा रहेको । र अहिले जापानमा छोरी सहित रहदै आउनुभएका खत्रीको छोरा र श्रीमती नेपालमा रहनुभएको छ ।

मृतक खत्रीको अन्यष्ठी बुधबार ३१ तारीख देहाय बमोजिमको ठेगानामा हुने भएको ले जापानबासी उहाँका आफन्त मित्रजन तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उहाको अन्यष्ठीमा सहभागी हुन अनुरोध यसै समाचार मार्फत गरिएको छ ।

ठेगाना
みしま聖苑 静岡県三島市字賀茂之洞4703番地の7

Mishima Seien Azakamonohora

4703-o7, Mishima Shi, Shizuoka Ken,

411-0000, Japan

Phone no for Navi: 055-976-3663

समाचार,तस्बिर :-पत्रकार  भवानी  पन्तकाे सहयाेगमा

The post हृदयघातका कारण जापानमा एक नेपालीकाे मृत्यु appeared first on .



from https://ift.tt/2YtrMHs

No comments:

Post a Comment

Pages