लुक्लामा काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत, ८ महिनाको गर्भ रहेको खुलासा । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 23, 2019

लुक्लामा काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत, ८ महिनाको गर्भ रहेको खुलासा ।

सोलुखुम्बु ः सोलुखुम्बुको लुक्लामा आफ्नै १४ वर्षिय भतिजीलाई बर्षाैँ देखि पटक पटक बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । ६ कक्षामा पढ्दै गरेकी ती बालीका ८ महिनाको गर्भवती रहेको अस्पतालले जनाएको छ । खुम्बु पासाङल्हमु गाउँपालिका, २ लुक्लामा बस्दै आएका बालिकालाई आफ्नै काकार्ले पटक पटक बलात्कार गरी गर्भवती बनाएको थाहा भएपछि प्रहरीले २२ बर्षिय काकालाई नियन्त्रणमा लिएको छ । सोमबार बिहान उनलाई घरैबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

थप अनुसन्धान र कार्बाहीका लागि अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी चौकी लुक्लाले जनाएको छ । उक्त युवकले आफ्नै जेठा दाजुको छोरी माथि करणी गरेका हुन् । पिडित बालिकाको पेट बढ्दै गएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । घटनाबारे जानकारी पाए लगत्तै पिडित बालिकाको मौखिक बयानका आधारमा प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार अभियुक्तले अपराध स्वीकार गरेका छन् । पिडित वालिकाको स्वास्थ्य परिक्षण गर्ने क्रममा चिकित्सकले उनको पेटमा ८ महिनाको शिशु हुर्किरहेको जनाएको छ ।
साबर :सोलु एफ.एम

The post लुक्लामा काकाद्वारा १४ बर्षीया बालिका बलात्कृत, ८ महिनाको गर्भ रहेको खुलासा । appeared first on .



from https://ift.tt/32KKSMB

No comments:

Post a Comment

Pages