तमूधीं जापानको आयाेजनामा चलचित्र भेड़ी गोठले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन सम्पन्न - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 22, 2019

तमूधीं जापानको आयाेजनामा चलचित्र भेड़ी गोठले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन सम्पन्न

 

फुर्वा शेर्पा /टोकियो

तमूधीं जापानको रजत जयन्तिको उपलक्ष्यमा गुरुङ संस्कृति तथा गुरुङ परम्परामा आधार बनाई निमार्ण गरिएको चलचित्र भेड़ी गोठले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन आईतबार टोकियोमा सम्पन्न भएको छ ।

काठमान्डौमा गुरुङ भाषाको लाईब्रेरी निर्माण गर्ने उद्देश्य लिएर च्यारीटी सोको आयोजना गरेको तमूधीं जापान जानकारी दिएको हो । आयोजक तमूधीं जापानले चलचित्र प्रर्दशनबाट २ लाख पचास हज़ार रुपैया संकलन गर्न सफल भएको छ । चलचित्र प्रर्दशनको लागि चलचित्रका निर्माता दुर्ग गुरुङ मिलानको उपस्थित रहेको थियो ।

जापानमा सन १९९५ मा थापना भएको तमूधीं जापानले गुरुङ संस्कृतिमा आधारित चलचित्र भेड़ी गोठालेको प्रर्दशनसगै रजत जयन्तिको औपचारिक कार्यक्रम शुभआरम्भ गरेको हो ।

चलचित्र प्रर्दशन गर्नु अघि कार्यक्रमको जापान मनि एक्सप्रेसका अध्यक्ष ओम गुरुङ, चलचित्रका निर्माता एवं सामाजिक अभियान्त दुर्गा गुरुङ मिलान, नेपाली ब्यबसायि एसोसिएशन जापानका अध्यक्ष बिजय थकाली एवं तमूधीं जापानका अध्यक्ष अनिता गुरुङले कार्यक्रमको संयुक्त रुपमा दिपप्रज्वलनगरी उद्धाटन गर्नु भएको थियो ।

नेपाल सहित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा अवार्ड प्राप्त गर्न सफल भएको चलचित्र भेड़ी गोठालेको प्रर्दशनबाट संकलन भएको २ लाख एेनमा निर्माता तथा सामाजिक अभियान्त समेत रहनु भएका गुरुङले ५० हज़ार थपगरी २ लाख पचास हज़ार रुपैया काठमान्डौमा निर्माण हुने गुरुङ भाषाको लाईब्रेरीलाई प्रदान गरिने तमूधीं जापानले जानकारी दिएको छ । हङकङ निवासी निर्माता गुरुङले यस चलचित्रको सबै आम्दानीहरु सामाजिक कार्यमा प्रदान गरेको जानकारी दिनुभयो ।

सम्पन्न भएको उद्धाटन कार्यक्रम तमुधी जापानका अध्यक्ष अनिता गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालन महासचिव चित्र गुरुङ तथा कार्यक्रमको उदेष्य सहित स्वागत मतब्य उपध्यक्ष अमर गुरुङ गर्नुभएको थियो ।

The post तमूधीं जापानको आयाेजनामा चलचित्र भेड़ी गोठले ( क्यु प्ह्रो छे ) को च्यारीटी प्रर्दशन सम्पन्न appeared first on .



from https://ift.tt/2LA5jGx

No comments:

Post a Comment

Pages