मिङमा दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो नेपाली इलेक्ट्रिकल इन्जिनियर - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 24, 2019

मिङमा दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो नेपाली इलेक्ट्रिकल इन्जिनियर

काठमाडौँ, ०९ जेष्ठ : नेशनल कलेज अफ ईन्जिनियरिङ बाट इलेक्ट्रीकल ईन्जिनियरिङ उत्तीर्ण गरेका ई.मिङमा दोर्जे शेर्पाले जेष्ठ ८, २०७६ बिहानको ३:३० बजे बिश्वको सर्बोच्च शिखर सगरमाथा आरोहण सम्पन्न गरेका छन् । सगरमाथा आरोहण गर्ने उनि, नेपालको पहिलो इलेक्टि्रकल इन्जिनियर हुन् ।

मिङमा दोर्जे शेर्पाको जन्म खुमजुंग-८, सोलुखुम्बुमा भएको हो । सानै देखि उनि घुम्न, पर्वताराेहण गर्न तथा साहसिक क्रियाकलापमा रुची राख्दथे । पढाईले इन्जिनियरभएता पनि उनको रुचीलाई केहि कुराले बाधा ल्याउन सकेन र अन्तत् उनि २०७६ साल जेष्ठ ८ गते बिहानको ३:३० बजे सगरमाथाको शिखरमा पुग्न सफल भए । आफ्नो जीवनमा कुनै एक दिन जसरि पनि सगरमाथा चढ्ने लक्ष्य लिएका उनले सो लक्ष्य गत बुधबार नै पुरा गरेका हुन् ।

सगरमाथामा को चुचुरोमा पुगेर झन्डा फरफराउने ऎतिहासिक तथा साहसिक मिङमा, नेपालको पहिलो इन्जिनियर (इलेक्टि्रकल) आरोही हुन् । उनि संगै उनका परिवारका बुवा र दाजु फिन्जोदोर्जे शेर्पाले समेत एकै दिनमा चुचुरो आरोहण गरेका थिए । उनले सो आरोहण पश्चात, एलेन अरनेटलाइ बिशेष धन्यवाद समेत व्यक्त गरेका थिए । त्यस्तै उनले आफ्नो यस उपलब्धि सिंगापुरको परिवार, क्यानेडियन परिवार (रईड कार्टर, ग्लोरिया) तथा अमेरिकन परिवार (एलेन अरनेट, डिएन आरनेट, डोन ब्राएर, भानेसा ओ-ब्राइन), कलेजपरिवार लगायत इन्जिनियर समुदायलाइ समर्पित गरेका छन् ।

सर्बोच्च शिखर सगरमाथाको आरोहन संगसंगै उनले आफुले पढेको कलेज नेशनल कलेज अफ ईन्जिनियरिङ(NCE ०७० ब्याच)को ब्यानर र नेपाल ईन्जिनियर्स एसोसिएसनको लोगो फहराएका छन । नेपाल इन्जिनियर्स एसोसिएसनका सदस्य (सदस्यता न: २५०३८) उनि, आफ्नो इन्जिनियरिंग समुदायलाई प्रतिनिधित्व गर्न इन्जिनियर्स एसोसिएसनको ब्यानर समेत फर्फराएका छन् ।

The post मिङमा दोर्जे बने सगरमाथा आरोहण गर्ने पहिलो नेपाली इलेक्ट्रिकल इन्जिनियर appeared first on .



from http://bit.ly/2W1LSME

No comments:

Post a Comment

Pages