निमा डोमा र र्फुदिकी शेर्पाको सफल सगरमाथा आरोहण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 23, 2019

निमा डोमा र र्फुदिकी शेर्पाको सफल सगरमाथा आरोहण

काठमाडौँ, जेष्ठ ९ । हामी पनि गर्न सक्छौ भन्ने उद्देश्यका साथ सगरमाथा आरोहण रहेकी  निमा डोमा र र्फुदिकी  शेर्पा आज विहान ५ः२५ मा आरोहण गर्न सफल भएको छ ।

उनीहरुले गत चैत्र २९ गते काठमाडौँबाट यात्रा सुरु गरेका थिए । यात्राको क्रममा लबुचे पिक आरोहण गरि आज विहान ५ः२५ मा सगरमाथाको सफल आरोहण गरको आङ हिमालयन एडभेन्चरका संचालक एव टिम लिडर आङ छिरीङ लामाले जानकारी दिनु भयो ।

आरोहण सफल रहेको जानकारी टिम लिडर लामाले आरोहणको क्रममा बाल्कुनिबाट स्याटलाइट फोनबाट जानकारी दिनुभएको थियो ।

पहिलो ह्योल्मो महिला कान्छी डोमाले पनि आज नै सफल आरोहण गरेकी छिन भने सगै सो नो टु ड्रग भन्ने सन्देशका साथ  ओङदा शेर्पाले पनि आजै आरोहण गर्न सफल भएको छ ।

आङ हिमालयन एडभेन्चरले यस बर्ष ३ नेपाली महिला र एक पुरुष गरि ४ जनालाई सगरमाथाको सफल आरोहण गराउन सफल भएको छ । सामाजिक कार्यमा सधै लागि पर्ने लामाले समाजमा केही गर्न चाहनेहरुका लागि नाफा नराखी यो आरोहण अभियान सफल परेको हो ।

The post निमा डोमा र र्फुदिकी शेर्पाको सफल सगरमाथा आरोहण appeared first on .



from http://bit.ly/2M11wD9

No comments:

Post a Comment

Pages