सगरमाथा र मकालुमा आरोहण सकेर फर्कदा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, May 17, 2019

सगरमाथा र मकालुमा आरोहण सकेर फर्कदा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता

सगरमाथा र मकालु हिमाल आराेहण सकेर फर्कँदै गरेका दुई भारतीयकाे बाटाेमा मृत्यु भएकाे छ भने एकजना बेपत्ता छन् ।

बिहीबार आरोहण सकेर फर्किएका भारतीय सैनिक रवी ठाकुर राति १० बजे चौथो शिविरमा आइपुगेका थिए । ‘उनी त्यहाँ सुतेको सुत्यै भए,’ सेभेन समिट ट्रेक्सका अध्यक्ष मिग्मा शेर्पाले जानकारी दिए ।

सैनिक ठाकुर सेभेन समिटको व्यवस्थापनमा आरोहणमा गएका थिए । ८ हजार मिटर उचाईमा रहेको शिविरबाट ठाकुरको शव उद्धार गर्न केही दिन लाग्ने बताइएको छ ।

यसैबीच यही कम्पनीको व्यवस्थापनमा संखुवासभामा रहेको मकालु हिमाल आरोहण सकेर फर्किँदै गर्दा अर्का भारतीय सैनिक नारायण सि‌ंहको पनि मृत्यु भएको अध्यक्ष शेर्पाले बताए ।

८४८१मिटर उचाईको मकालु आरोहण सकेर फर्किने क्रममा भारतको कलकत्ता घर भएका दिपंकर घोष हराइरहेका छन् । बिहीबार साँझ आरोहण सकेर फर्कनेक्रममा उनी हराएका थिए ।

यो सिजनमा अहिलेसम्म चार वटा हिमालमा कम्तीमा ५ विदेशी अरोहीको मृत्यु भइसककेको छ भने दुई विदेशी बेपत्ता भएका छन् ।

श्रोत इकान्तिपुर

The post सगरमाथा र मकालुमा आरोहण सकेर फर्कदा दुई भारतीय आरोहीको मृत्यु, एक बेपत्ता appeared first on .



from http://bit.ly/2WdkpXo

No comments:

Post a Comment

Pages