ताम्रकार समाजद्दारा १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 13, 2019

ताम्रकार समाजद्दारा १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान

विद्यार्थी तथा अभिभावकहरुले प्राप्त छात्रवृत्तिको सही सदूपयोग गर्नुपर्नेमा हालै एक कार्यक्रममा जोड दिइयो । ताम्रकार समाजको शिक्षा उपसमितिद्वारा आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले समाजसंग अथाहा पैसा भएर छात्रवृत्ति प्रदान गर्ने गरेको नभई प्रत्येक छात्रवृत्तिमा दाताहरुको रगत, पसिनाको कमाई रहेको बताउनुभयो ।
उहांले विद्यार्थीवर्ग र अभिभावकवर्गले समाजबाट प्रदान गरीदैं आइरहेको छात्रवृत्तिको उचित सदूपयोग गर्न सकेमात्र समाजका यस्ता कार्यक्रमको उचित मूल्याङकन हुने बताउनु भयो । उहांले आर्थिक अभावका कारण कोहीपनि ताम्रकारवर्ग शिक्षाबाट बन्चित हुन नपरोस भन्ने उद्देश्य समाजको रहेको बताउनुभयो ।
ताम्रकार समाज भवन जावलाखेलमा आयोजित उक्त छात्रवृत्ति वितरण कार्यक्रममा समाजका जहेन्दार तथा आर्थिक समस्यामा रहेको कक्षा १ देखि स्नातक तहसम्मका पन्ध्र जना विद्यार्थीहरुलाई करीब दुईलाख रुपैया बराबरको आर्थिक छात्रवृत्ति प्रदान गरीएको थियो । साथै दुई विद्यार्थीहरुका लागी पूर्ण छात्रवृत्ति प्रदान गरीएको थियो । उक्त कार्यक्रममा उप समितिका संयोजक प्रवल ताम्रकारले आगामी वर्षहरुमा पूर्ण छात्रवृत्तिको संख्या बढाउदै लगिने बताउनुभयो । यस्तै सहसंयोजक अमिता ताम्रकारले समाजका उदारमन भएका दाताहरुका कारण छात्रवृत्ति लगायतका कार्यक्रमहरु गर्न सक्षम भएको बताउनुभयो ।

The post ताम्रकार समाजद्दारा १५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान appeared first on .



from http://bit.ly/2E4oV0a

No comments:

Post a Comment

Pages