शेर्पा संघ बेलायतको १६ औं बार्षिक साधरण सभा २७ अप्रिलमा आशफोर्ड केन्टमा सम्पन्न भएको छ ।
साधारण सभामा बिभिन्न बिषयमा छलफल भएको आयोजना महासचिब रिन्जी शेर्पाले जानकारी दिनुभयो ।
सभामा लप्सो र ग्यल्पो लोसार कार्यक्रम २१४६ को संयोजकहरुले कार्यक्रमको बिषयमा भबिष्यमा सुधार्नु पर्ने बिषयमा छलफल भएको थियो । दुबै कार्यक्रम भव्यरुपले सफल भएको र लोसार कार्यक्रममा उपस्थिति भएका सबैलाई धन्यवाद दिनु दिएका थिए । शेर्पा संघ बेलायत साउथ सेन्ट्रल कम्युनिटिका आध्यक्ष श्री शान्ता लामा शेर्पा र शेर्पा संघ बेलायत केन्ट कम्युनिटिका आध्यक्ष श्री नावल शेर्पाले छोटकरीमा प्रगति प्रतिवेदन पेस गर्नु भएको थियो।
शेर्पा संघ बेलायतले डुक्पा क्षेशी मनाउने निर्णय पनि भएको छ ।
शेर्पा संघ बेलायतले नयॉ युवा संघ खोलिएको छ । श्री ग्याड॰जु शेर्पाको संयोजकत्वमा चार सदस्य युवा संघ खोलिएको हो । शेर्पा भाषाको टेलीभिजन कार्यक्रम ‘शेर्वी ञ्येन्ठिन” लाई मुक्य प्रायोजकको रुपमा एक वर्ष सहयोग गर्ने, नेपाल शेर्पा संघको भबनको लागि शेर्पा संघ बेलायतले सक्दो आर्थिक सहयोग गर्ने निर्णय भएको छ ।
The post शेर्पा संघ बेलायतको १६ औं बार्षिक साधरण सभा सम्पन्न appeared first on .
from http://bit.ly/2vtURGF
No comments:
Post a Comment