लुक्लामा विमान दुर्घटना - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 13, 2019

लुक्लामा विमान दुर्घटना

काठमाडौं : सोलुखुम्बुको लुक्ला विमानस्थलमा समीट एयरको जहाज दुर्घटनामा परेको छ । लुक्काबाट रामेछापका लागि उड्नेक्रममा समीट एयरको ‘एल १०’ कलसाइनको विमान दुर्घटनामा परेको हो । अवतरण गर्ने क्रममा चिप्लिएर मनाङ एयरलाइन्सको हेलिकोप्टरमा ठोक्किएर दुर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

दुर्घटनामा परी समीट एयरका कोपाइलट र एक सुरक्षाकर्मी पनि गम्भीर घाइते भएको तिवारीले बताए । विमानको ठक्करबाट मनाङ एयर र श्री एयर हेलिकोप्टरमा क्षति पुगेको छ । विमानको ठक्करबाट मनाङ एयरको हेलिकोप्टरका क्रु मेम्बरहरु पनि सामान्य घाइते भएका र उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइँदै गरेको जानकारी प्राप्त भएको छ ।

The post लुक्लामा विमान दुर्घटना appeared first on .



from http://bit.ly/2vchtLT

No comments:

Post a Comment

Pages