शेर्पा मेयरको पहलमा ५० किलोमिटर सडक कालोपत्रे हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 25, 2019

शेर्पा मेयरको पहलमा ५० किलोमिटर सडक कालोपत्रे हुने

सोलुदुधकुण्ड नगरपालिकाका क्षेत्रका ५० किलोमिटर सडक एसियाली विकास बैँक (एडिबि)को सहयोगमा कालोपत्रे हुने भएको छ ।

खुम्बुपासाङल्हमू गाउँपालिका जोड्ने फाप्लु देखि टाक्सिन्दुसम्मको ३० किलोमिटर र माप्य दुधकोशी गाउँपालिका जोड्ने वडा नं ४ स्थित सेर्गाखोप हुदै सेलगुढीसम्मको २० किलोमिटर ग्रामिण सडक कालोपत्रे गर्न एडिबि तयार भएको मेयर नाम्गेलजाङबु शेर्पाले बताए । शेर्पाले भने, ‘नगरको विकासलाई फोकस गर्दै पटक पटकको प्रस्तावलाई एडिबिले स्विकार गरेको छ । पक्कि सडक निर्माणले नगरबासीलाई राहत दिलाउनेमा विश्वस्त छु ।’

हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने उक्त सडक खण्डको स्तर उन्नती हुन नसक्दा सवारीचालक र यात्रुहरुले सास्ति खेप्दै आएका छन् । सोही समस्यालाई ध्यानमा राखी नगरपालिकाले सडक कालोपत्रेका लागि एडिबिलाई प्रस्ताव पेश गरेको थियो ।

परामर्शदाता छनौट गरी सर्भे र डिपिआर निर्माणको काम छिट्टै शुरु गर्ने मेयर शेर्पाले बताए ।

The post शेर्पा मेयरको पहलमा ५० किलोमिटर सडक कालोपत्रे हुने appeared first on .



from http://bit.ly/2Vvb9xu

No comments:

Post a Comment

Pages