ग्रेट हिमालय ट्रेलको फोटो पुस्तक - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 20, 2019

ग्रेट हिमालय ट्रेलको फोटो पुस्तक

सरकार नेपाल भ्रमण वर्ष २०२० को तयारीमा छ । भ्रमण वर्षलाई लक्षित गर्दै पूर्वको कञ्चनजंघा हिमालदेखि पश्चिमको दार्चुला सम्मलाई समेटेर ‘ग्रेट हिमालय ट्रेल’ फोटो पुस्तक सार्वजनिक भएको छ । कञ्चनजंघा–दार्चुलालाई विश्वकै सबैभन्दा लामो पदमार्ग मानिन्छ ।

पदमार्गलाई दश खण्डमा विभाजित गरेर हिमालयन म्याप हाउसले पुस्तक प्रकाशन गरेको हो । कञ्चनजंघा, मकालु, सोलुखुम्बु र एभरेष्ट, रोल्वालिङ, लाङटाङ, मनास्लु र गणेश, अन्नपूर्ण, नार र फु, मुस्ताङ, डोल्पो, मुगु र हुम्ला र सुदूरपश्चिम खण्ड गरेर पुस्तक प्रकाशन गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले नेपाल चिन्न र साहसिक यात्रा गर्न चाहनेका लागि पुस्तक उपयोगी हुने बताएका छन् ।

हिमालय म्याप हाउसका प्रबन्ध निर्देशक पवन शाक्यले पुस्तक १० वर्षपछि दोस्रो संस्करणमा प्रकाशन गरेको जानकारी गराए । पुस्तकले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पुग्ने विश्वास लिइएको छ । पुस्तकमा प्रकाशन भएका अधिकांश तस्वीरहरू रोबिनले खिचेका छन् भने केही तस्वीर अन्य फोटोग्राफरका पनि समावेश गरिएको छ ।

The post ग्रेट हिमालय ट्रेलको फोटो पुस्तक appeared first on .



from http://bit.ly/2VgP3Ph

No comments:

Post a Comment

Pages