बौद्ध तेमाल जात्रा शुरू - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, April 18, 2019

बौद्ध तेमाल जात्रा शुरू

काठमाडौंको बौद्ध परिसरमा वर्षेनी जात्रा लाग्ने गरेकाे छ । बिहिबार बिहानै देखि बाैद्द परिसरमा जात्रालुकाे भिड लागेकाे छ । । बैसाख ५ गते तामाङहरूबौद्धमा भेला भइ चैत्र पूर्णेको अघिल्लो दिन दिवंगत पितृहरुको स्मरणमा बत्ती बाल्ने गर्छन् । यस जात्रालाई बौद्ध तेमाल जात्राको नामले पनि चिनिन्छ । भाेलि पूर्णिमाको दिन बालालु बाइसधारामा स्नान गरि स्वयम्भू महाचैत्यमा गई श्रद्धालु भक्तजनले पितृकोछ सम्झनामा बत्ती बाली सम्झने गर्छन् ।

जात्रा मूल व्यवस्थापन समितिले जनाए अनुसार बौद्धमा अघिल्लाे वर्ष भन्दा जात्रालुहरूकाे संख्या बढेकाे छ । जात्रा व्यवस्थापनमा बौद्धनाथ क्षेत्र विकास समिति, विभिन्न संघसंस्था, गुठी, स्थानीय क्लव लगायतले सघाएका छन्, बौद्धनाथका अध्यक्ष चन्द्रमान लामाले बताए ।

यो जात्रा तामाङ समुदायको धार्मिक एवम् सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो । बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजीत लामाले भने बौद्ध किवंंदन्तीमा उल्लेख भए अनुृसार सत्ययुगमा विपश्वी बुद्ध उपत्यकमा आई जामाचोमा साधनारत रहे । उनले चैत्र पूर्णिमाको दिन उपत्यकाको दहमा कमलको फूल रोपे, सोहि फूलमा स्वयम्भूको अलौकिक ज्योति उत्पन्न भयो । उनले थपे विपश्वी बुद्धले रोपेको कमलको फूलको स्मरणमा यो जात्रा प्रारम्भ भएको मानिन्छ ।

वर्षदिन पछि आफ्ना इस्टमित्रहरु जात्रामा भेटिने हुनाले सुखदुख साटासाट गर्ने थलोको रुपमा पनि यसलाई लिने गरिन्छ, काभ्रे ठूलेपर्सेलका दिलिप लामाले भने । टाढाटाढाबाट आउने जानेको लर्काे लाग्छ । हितैसी दौतरीहरुले भने फापरे गीत गाएर मनोरञ्जन लिने र दिने गर्छन् । यस जात्राको सांस्कृतिक तथा गीतसंगीतको जर्गेना गर्ने पक्षको रुपमा पनि ठूलो महत्व रहेको छ । त्यसैले हामी पनि आएका हाैं ।

ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्व बोकेको चैत्र पूर्णिमाको महत्वलाई जोगाई राख्न आवश्यक छ, सिन्धुपाल्चाेक पाखारबाट आएका पाका सदस्य प्रेमध्वज लामाले भने हामी त उहिले देखि नै पितृजनकाे सम्झनामा ङ्वाे गर्न आइ रहन्छाैं । भाेलि स्वयम्भू जान्छाैं । त्यहाँ पनि जात्रा लाग्छ ।

बौद्ध परिसरमा जात्राका लागि त्रिपालको व्यवस्था गरिएकाे छ । सफा माैसममा भक्तजनहरू बत्ती बाल्न र पूजा गर्न लाइनमा बसेका छन् । निशुल्क स्वास्थ्य शिविर तथा रक्तदानको साथै विभिन्न संघ संस्थाहरूले निशुल्क पिउने पानीको व्यवस्था गरेका छन् । बौद्धमा सुरु भएको जात्रा भाेलि स्वयम्भूमा समापन हुन्छ ।

The post बौद्ध तेमाल जात्रा शुरू appeared first on .



from http://bit.ly/2vbcFWY

No comments:

Post a Comment

Pages