शिक्षक सेवा आयोगले पहिलोपटक अनलाइन मार्फत अध्यापन अनुमति पत्रको विज्ञापन दरखास्त लिने भएको छ । आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक गरी ३ वटै तहको अध्यापन अनुमति पत्रको विज्ञापन एकैपटक खोल्ने तयारी गरेसंगै अनलाइन मार्फत दरखास्त दिने प्रणालीको सुरुवात गरेको हो । यस पटक साविककै योग्यता (प्राथमिक र निम्न माध्यमिक तहको लागि प्रमाणपत्र तथा माध्यमिक तहको लागि स्नातक) भएका उम्मेदवारहरुले परीक्षामा भाग लिन पाउने भएका छन् ।
आयोगका प्रवक्ताका अनुसार आयोगको वेभसाइट www.tsc.gov.np मा अनलाइन फारम परीक्षणको रुपमा राखिएको छ । सो फारममा गइ आफ्नो व्यक्तिगत खाता खोलेर आयोगलाई सुझाब दिन समेत आयोगले आग्रह गरेको छ । सुझाबकै आधारमा २-३ दिनमा विज्ञापन आव्हान गरिने बताइएको छ ।
कसरी भर्ने फारम ?
१. पहिले आयोगको वेबसाइट www.tsc.gov.np मा जाने ।
२. त्यसपछी दाया तर्फको माथिल्लो भागमा रहेको Online Application भन्ने बटनमा क्लिक गर्ने ।
३. त्यसपछि एउटा लगिन पेज आउने छ ।
४. अब लगिन पेजको मुनि नयाँमा क्लिक गर्ने, र देखाएको फारममा आफ्नो username, मोबाइल नम्बर, इमेल र जन्ममिति राखेर create गर्ने ।
५. Create गरिसकेपछि यस्तो Screen देखिने छ ।
६. अब इमेल कन्फरमेसन गर्नुपर्ने भएकाले आफ्नो फारममा उल्लेखित इमेलमा गएर Activation Code हेर्ने, कोड Inbox मा नभेटिए Spam भन्ने Folder मा गएर हेर्ने ।
७. Activation Key राखेर Confirm गरेपछि तल दिइएको Screen खुल्ने छ । अब यहाँ मागिएको सबै विवरण, पैसा बुझाएको बैंक भौचर नम्बर तथा दुवै कान देखिने फोटो सहित सबै भरेर Submit बटनमा Click गर्नु पर्ने छ ।
८. बधाई छ, तपाइँको अध्यापन अनुमतिपत्रको फाराम पेश भयो भन्ने मेसेज आएपछि फाराम भरिएको मानिनेछ ।
शिक्षक सेवा आयोगको थप सूचना: तपाइँ योग्य उम्मेदवार हो भन्ने कुरामा आयोग सुनिश्चित भएमा तपाई स्वंयले प्रवेशपत्र प्रिन्ट गरी सोही प्रवेशपत्रको खाली ठाउँमा अनलाइन फाराम भर्दाको फोटो टाँसी आफ्नो दस्तखत गरी परीक्षा हलमा आउनु पर्नेछ अन्यथा परीक्षा हलमा प्रवेश गराउन आयोग वाध्य हुने छैन । हाल लाई यो अनलाइन एप्लिकेसन दरखास्त फाराम भर्ने परीक्षणका लागि मात्र हो अभ्यास गर्न सक्नुहुनेछ तर हालका मिति सम्म अध्यापन अनुमतिपत्रको विज्ञापन प्रकाशित भएको छैन
The post शिक्षक लाइसेन्स फारम अनलाइनबाट भर्न सकिने, यसरी भर्नुहोस् appeared first on .
from http://bit.ly/2UHzhxB
No comments:
Post a Comment