१६ बर्ष देखि निरन्तर कला क्षेत्रमा मुस्ताङका छिरीङ फोन्जो गुरुङ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, April 13, 2019

१६ बर्ष देखि निरन्तर कला क्षेत्रमा मुस्ताङका छिरीङ फोन्जो गुरुङ

बाल्यकाल मुस्ताङ जिल्लाको लोमाङ्थाङ १ छोसरमा विताएका छिरीङ फोन्जो गुरुङ कला क्षेत्रमा लागेको १६ बर्ष भएको छ । उनी निरन्तर रुपमा थाङ्का निमार्ण गर्ने कार्यमा लागि परेको छ । यसै कलाको माध्यमबाट उनले गत चैत्र १७ गते तारा गाउँ चुच्चेपाटीमा मुस्ताङ ल्याडस्केप आर्ट सोलो एक्जिवेसन गरेको थियो ।
बुवाआमा खेति किसानी गर्ने मध्यम वर्गिय परिवारमा जन्मिएका फोन्जोले बाल्यकाल गाउँघरमा नै विताए । ७ बर्षको उमेरमा अध्ययनका लागि तनहु आएका थिए । उनलाई अध्ययनमा भन्दा पेन्टिङमा बढी रुचि थियो । स्कुलमा हुने चित्रकला प्रतियोगितामा प्रथम हुने गर्थे । घरको एक्लो छोरा भएकाले बुवाआमा र काकाले राम्रो शिक्षा दिने इच्छा राखेका थिए तर उनको इच्छा पेन्टिङ चित्रकला क्षेत्रमा भएकोले बुवाआमाले पनि उनको इच्छालाई साथ दिन थाले । स्कुले जिवनमा उनलाई घरको एक्लो छोरा अव केही गर्नु पर्छ बुवाआमालाई साथ दिनु पर्छ भन्ने लाग्थ्यौ । परिवारले पनि घरको एक्लो छोरा भएकाले घरव्यावहार सम्माल्नका लागि सानै उमेरमा याङजीन गुरुङसँग विवाह बन्धनमा बाधि दिए । विवाह पश्चत उनी रोजगारी र कलाको लागि काठमाडौँमा छिरे ।
इच्छा पेन्टिङ कलामा भएकोले प्रशिक्षक तेन्जिङ इङेबाट ४ बर्ष निरन्तर रुपमा थाङ्का प्रशिक्षण लिएर पेन्टिङ गर्न थाले सरुसुरुमा उनले कोरेका बनाएका थाङ्का साथीभाइहरु, नजिकका आफन्तले लिने गर्थैे । अहिले उनको कोरिएका चित्रहरु धेरैले मन पराउन थालेका छन । उनी भन्छ धेरैले माग गरि रहेको छ । अहिले खुसी लाग्छ मेहनत गरेको खेरा नगएको अनुभव हुन्छ ।
काठमाडौँमा रहदा परिवारिक अवस्था कमजोर भएकोले गर्दा रोजगारीका लागि कोरिया गए । उनलाई विदेशमा रहदा घरपरिवारको यादले सताउने गथ्र्यौ । नेपालमा नै फर्केर कला क्षेत्रमा नै भविष्य छ भन्ने लाग्थ्यो । उनलाई विदेश बसाइ रमाइलो लागेन पछि ३ बर्ष ७ महिना कोरिया बसेर नेपाल फर्के । नेपाल फर्केर निरन्तर रुपमा चित्रकला, थाङ्का निमार्णमा लागि परे । हातमा शिप र ज्ञान भएका युवाहरुले नेपालमा नै श्रम गर्नु पर्छ भन्ने उनको बझाइ छ ।
फोन्जोलाई मुस्ताङ जिल्लाको कला , सांस्कृतिलाई चित्रमा उतारेर विश्वलाई मुस्ताङ जिल्ला चिनाउनु छ । उनले गरेको पहिलो सोलो एक्जिवेसनमा मुस्ताङका कला, संस्कृतिलाई चित्रमा उचारेका थिए । त्यहाको बास्तुस्थितिलाई चित्रमा उतारेका थिए ।
उनलाई यहाँसम्म आउन श्रीमती याङजीनले सहदम साथ दिएकी छिन । ४ जना छोरीहरु छन छोरीहरु पनि बुवाको चित्रकलाहरु हेरेर खुसी हुने गर्छ बुवालाई हौसला प्रदान गर्ने गर्छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

The post १६ बर्ष देखि निरन्तर कला क्षेत्रमा मुस्ताङका छिरीङ फोन्जो गुरुङ appeared first on .



from http://bit.ly/2UB2ASc

No comments:

Post a Comment

Pages