ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउन्डेसनले रक्तदान गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, April 10, 2019

ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउन्डेसनले रक्तदान गर्दै

प्रदेश न १ का मुख्यमन्त्री सेर धन राइको प्रमुख आतिथ्यमा ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउन्डेसनको संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।

चैत ३० गते काठमाडौंको धुम्बाराहीस्थित एसआर पार्टी प्यालेसमा करिब ३ सय जनाले एकसाथ रक्तदान गर्ने तयारी भएको घुन्सा फाउन्डेसनकी अध्यक्ष याङजोम शेर्पाले जानकारी दिइन्। संकलित रगत बालकोट, टिचिङलगायत ब्लड बैंकलाई डोनेसन गरिने उनले बताइन्।

कार्यक्रममा संस्थाको सदस्यता वितरण, क्यालेन्डर वितरण पनि हुनेछ। विशिष्ठ संरक्षक, संरक्षक, आजीवन, सदस्य, साधारण सदस्य गरेर पहिलो चरणमा एक हजारको हाराहारीमा सदस्यता वितरण गर्ने र नयाँ बर्षको शुभकामना आदान प्रदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिइन ।

The post ताप्लेजुङ समाज नेपाल र घुन्सा फाउन्डेसनले रक्तदान गर्दै appeared first on .



from http://bit.ly/2VB2ne9

No comments:

Post a Comment

Pages