नर्स पेशासगै सामाजिक कार्यमा रम्दै रसुवाकी प्रतिमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, March 28, 2019

नर्स पेशासगै सामाजिक कार्यमा रम्दै रसुवाकी प्रतिमा

रसुवा जिल्ला गाेसाइकुन्ड गा.पा.-५ स्याफ्रुबेशी निबासी २६ बर्षिया प्रतिमा तामाङले पश्चिम अंचल विश्व विद्यालयबाट बिएसि नर्सिङ अध्ययन गरेकी छिन । काठमाडौंका अस्पतालहरूमा केही समय अनुभव हासिल गर्न काम गरिन । पछी उनले आफ्नै जन्मभुमि दुर्गम जिल्ला रसुवामा नै केही गर्ने उदेश्यका साथ रसुवाघडी हेल्थ डेक्समा सेवा गर्न लागिन ।

आफ्नो पेशासगै प्रमिला सामाजिक कार्यमा पनि माहिर छिन । गाेसाईकुन्ड गाँउपालिका -२ टिमुरे स्थित श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालयका ७० जना विद्यार्थीहरूलाई शैक्षिक तथा स्वास्थ्य सामाग्रीहरू वितरण गरेकी छिन । विद्यार्थीहरूलाई विद्यालय प्राङ्गणमा स्वस्थ्य हाईजिनिक शिक्षा प्रदान गर्नुका साथै कक्षा ६,७ र ८ का छात्राहरूलाई महिनावारी सम्बन्धि प्रशिक्षण पनि दिइन ।
आफ्नो गाउठाउ आफ्नैले बनाउनु पर्ने प्रतिमा बताउछिन । उनलाई रसुवाका दुर्गम भेगहरुमा गएर स्वास्थ्य शिक्षा र शिक्षित समाज निर्माणमा योगदान दिने रहर रहेको बताउछिन । भबिष्यमा आफ्नो पेशा नर्ससगै सामाजिक क्षेत्रमा लाग्ने उनको लक्ष्य रहेको छ ।
उनले गत चैत्र १२ गते बुधुबारका दिन विद्धालयमा स्वास्थ्य शिक्षासगै शैक्षिक सामग्री वितरण गरेकी थिइन ।

The post नर्स पेशासगै सामाजिक कार्यमा रम्दै रसुवाकी प्रतिमा appeared first on .



from https://ift.tt/2FHClAq

No comments:

Post a Comment

Pages