शेर्पा किदुग युएईले ग्याल्पो ल्होसार बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरी भरपुर मनोरञ्जनका साथ मनाइएको छ । किदुगले मार्च १ शुक्रबारको दिन युएईको दुबईस्थितअस्टोरिया होटल एभरेष्ट क्लबको सभाहलमा लोसार मनाइएको हो । नेपाली चुलो रेष्टुरेन्ट,हिमाल रेमिट लगायतका मुख्य प्रायोजक रहेका कार्यक्रमका प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा रहेका थिए ।
त्यसैगरी बिशेष अतिथिहरुमा तामाङ समाजका अध्यक्ष महेश मोक्तान,आदिवासी जनजाति युएई उपाध्यक्ष सुरेन्द्र थिङ तामाङ, मिस आदिवासी युएईका, ओसिन ब्लोन, मिस्टर आदिवासी युएईका रोशन लिम्बु रहेका थिए । अतिथिहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा किदुग युएईका संचार विभाग प्रमुख सोनाम शेर्पाकोे स्वागत मन्तव्य राखेका थिए । प्रमुख अतिथि पासाङ शेर्पाले जातिगत मौलिक भेषभुषामा आएको विकृतिमा पश्चिमी समाजको प्रभाव बड्दै गएको र यस्तो विकृतिलाई निर्मुल पार्न महत्वपूर्ण भुमिका खेल्नुपर्ने जोड दिए ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु गायक गम्बु शेर्पा, डिजे तेन्जिङ, मोडल तथा नृत्यकार पुसन लामा, सेलो गायक आङतेन्जी शेर्पाको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहेका थिए ।
शेर्पा जातिको समाजिक, सांस्कृतिक, धर्मिक पक्षलाई निरन्तरता दिदै गरिएको सोहि कार्यक्रम नेपालबाट आमन्त्रित सामाजिक अभियान्ता याङजोम शेर्पाले सञ्चालन गरेकी थिइन ।
बौद्ध चन्द्र पात्रो अनुसार माग २२ गते परेका लोसार प्रवासमा रहेका सबैका छुट्टीलाई मध्यनजरगरी शुक्रबार आयोजना गरिएका हुन् । दर्शकको बाक्लो उपस्थिति रहेका कार्यक्रम सभापति किदुगका अध्यक्ष निमा शेर्पाको रहेका थिए ।
किदुगले रोजगारीको सिलसिलामा युएईमा कार्यरत शेर्पाहरु र विभिन्न देश बिदेशमा छरिएर रहेका शेर्पाहरुलाई एकीकृत गराउने र आफ्नो समुदायको भाषा,धर्म,संस्कार, संस्कृति आदिको संरक्षण, प्रबर्द्धन र विकासमा जोड दिने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएका थिए ।
-सन्जिता मोक्तान तामाङ सैलुङ्ग अनलाईन
The post युएईमा शेर्पा ल्होसार सम्पन्न appeared first on .
from https://ift.tt/2EHJsIK
No comments:
Post a Comment