माझी समुदायले मनाए कोसी पर्व - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, March 6, 2019

माझी समुदायले मनाए कोसी पर्व

पूर्वी मकवानपुरको बकैया गाउँपालिका ६ जुईनाका माझीहरुले आफ्नो महान् पर्व लदी अर्थात् कोसी पर्व मनाएका छन् ।
माझी बस्ती जुईना नजिकैको बकैया, सिमात, हर्दिया र जुईना खोलाको दोभानमा मौलिक पोशाकमा भेला भएर उनीहरुले खोलालाई सामुहिक पुजा गरे । चार खोलाको संगममा उनीहरुले खोलालाई बोका, पाठी, कुखुरा र परेवाको बली समेत दिएर पुजा गरेका थिए ।
नेपाल माझी उत्थान संघ मकवानपुरले कोसी पर्वको अवसरमा सामुहिक पुजा तथा बिशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना गरेको थियो ।कार्यक्रम बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्य तथा माझी उत्थान संघ मकवानपुरका अध्यक्ष आषिश माझीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, माझी अगुवा लक्ष्मी माझीको बिशेष आतिथ्य रहेको थियो ।कार्यक्रममा बकैया गाउँपालिकाका ६ नम्बर वडा अध्यक्ष फूलमान भोम्जन, ४ नम्बर वडा अध्यक्ष राजन दंगाल, नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का स्थानीय नेता मोतीलाल सिंगारा, माझी मुक्ती मोर्चाका केन्द्रीय सदस्य कृष्णबहादुर माझी, तामाङ अगुवा निरु थिङ लगायतको आतिथ्य रहेको थियो ।सांस्कृतिक कार्यक्रममा गायक–गायिकाहरु प्रतीक ब्लोन, पवित्रा माझी, संगम राई, लोकेन्द्र माझी लगायतले गित प्रस्तुत गरेका थिए भने जुईना समूह, जुरेली समूहले नृत्य प्रस्तुत गरेको थियो । कार्यक्रममा माझी उत्थान संघले माझी समुदायको उत्थान र अधिकारका लागि योगदान पु¥याएको भन्दै पत्रकारहरु अशोकसुजन श्रेष्ठ, कृष्ण सारु मगर र माझी अगुवा लक्ष्मी माझी लगायतलाई प्रसंशापत्र प्रदान गरेको थियो ।


माझी समुदायले कोसी पर्वलाई राष्ट्रिय पर्वको मान्यता र सार्वजनिक विदा दिन माग गर्दै आएको छ । लोप हुँदै गएको कोशी पर्व नेपाल माझी उत्थान संघले वि.सं. २०५५ मा सिन्धुलीको तत्कालिन कोपिलाकोट गाविसस्थित मरिन खोलामा पुजा गरेर पुनः सुरु गरेको बताईन्छ । २०६८ सालको जनगणना अनुसार नेपालमा माझीहरुको जनसंख्या ८३ हजार सात सय २७ रहेको छ ।
कोशी पर्वको अवसरमा पूर्वी मकवानपुरको बकैया र बागमती गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा समेत दिएको छ । मकवानपुरमा करिब ११ हजार जना माझी रहेकोमा बकैयामा मात्र करिब छ हजार माझी समुदायको बसोबास छ ।
आफ्नो छुट्टै लिपी नभएको माझी समुदायको २०६८ सालको जनगणना अनुसार नेपालका ५८ जिल्लामा बसोबास छ । ओखलढुङ्गा, काभ्रे, रामेछाप, खोटाङ, दोलखा र सिन्धुपाल्चोकको भैंसे गाउँका माझी समुदायले मात्र मातृभाषा बोल्ने अनुमान छ ।

The post माझी समुदायले मनाए कोसी पर्व appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2tT1RvR

No comments:

Post a Comment

Pages