पर्यटन प्रवर्दन गर्न पिकेडाँडाबाट ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, March 8, 2019

पर्यटन प्रवर्दन गर्न पिकेडाँडाबाट ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने

काठमाडौं : खेलकुदको माध्यमबाट पर्यटन प्रवर्दन गर्ने लक्ष्यसहित ४२ सय मिटरको पिकेडाँडाबाट २१ किलोमिटरको ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने भएको छ। नेपाल पर्यटन बोर्डको प्रवर्दन र ओखलढुङगा पर्यटन विकास समितिको आयोजनामामा चैत २३ गते म्याराथन हुने भएको हो।

म्याराथनमा ओखलढुङगा र सोलुखुम्बुको सिमानामा रहेको पिके डाँडा र त्यस क्षेत्रको पर्यटन प्रवर्दन गर्ने लक्ष्य राखिएको आयोजक समितिका अध्यक्ष ङवाङङिमा शेर्पाले बताए। पिकेडाँडाको ४२ सय मिटरबाट शुरु हुने म्याराथन २५ सय मीटरको खिजिदेम्वा बजारमा आएर टुङगिने छ। म्याराथनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरबाट ५० बढी प्रख्यात धावकको सहभागी हुने आयोजकले जनायो।

महिला र पुरुषलाई छुट्टा छुट्टै विधा राखेर आयोजित म्याराथनमा प्रथम हुने महिला र पुरुष जनही नगद ५० हजारसहित ट्रफी प्रमाणपत्रले सम्मान गरिनेछ। क्रमश दोस्रो, तेस्रो, चौथो, पाँचौ, छैटौ र सातौ हुनेलाई ४०, ३०, आठ, पाँच, तीन र एक हजार नगद पुरस्कार प्रदान गरिनेछ। खेलाडीलाई खानबस्नको व्यवस्था समेत आयोजकले गरेको अध्यक्ष शेर्पाले जानकारी दिए।

राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा खेलकुद पर्यटकको सम्भावना बढी रहेकाले म्याराथनको आयोजना गरेको आयोजकको दाबी छ। सुन्दर र रमणीय क्षेत्र रहेको पिके डाँडाबाट सगरमाथा, मकालु, कञ्चनजंगा, ल्होत्से लगायतका अग्ला हिमालशिखरको नजिकबाट अवलोकन गर्न पाइने र दुई दर्जन बढी गुराँस प्रत्यक्ष हेर्न पाइन्छ। सरकारले घोषणा गरेको मुख्य सय गन्तव्य मध्ये पिके डाँडा क्षेत्र पनि मुख्य गन्तव्य हो ।
-Annapurna post

The post पर्यटन प्रवर्दन गर्न पिकेडाँडाबाट ‘अल्ट्रा हाल्फ म्याराथन’ हुने appeared first on .



from https://ift.tt/2tX1PDe

No comments:

Post a Comment

Pages