सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा आलिया भट्ट - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 4, 2019

सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा आलिया भट्ट

विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा बलिउड नायिका आलिया भट्टले अभिनय गर्ने भएकी छिन् ।

अरुणिमा सिंहाको बायोपिकका लागि आलिया तयार भएकी हुन् ।अरुणिमा सिंहाले आफ्नो विषयमा ‘बर्न एगेन टु दि माउन्टेन’ नामक किताब प्रकाशित गरेकी छिन । यस किताबमा अरुणिमाको जिबन संघर्षलाई उतारेकी छिन । यो किताब अहिले आलियाले पढिरहेकी पनि छिन् ।

चलचित्रले आलियाको करिअरलाई धेरै सहयोग गर्ने अनुमान सुरु भइसकेको छ । चलचित्रको लागि आलियाले पनि भरपूर मिहिनेत गर्नेछिन् । खबरका अनुसार निर्माण युनिट र आलिया बीच औपचारिक सम्झौता भने हुन बाँकी नै छ । तर, चलचित्रको विषयलाई लिएर आलिया सकरात्मक छिन् । चलचित्रको छायांकन २०२० मा गरिने बताइएको छ ।

श्रोत अनलाइन खबर

The post सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा आलिया भट्ट appeared first on .



from https://ift.tt/2J0rx3Y

No comments:

Post a Comment

Pages