लिखुपिके गाउँपालिकाको हिमगंगा माबिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Thursday, March 28, 2019

लिखुपिके गाउँपालिकाको हिमगंगा माबिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण

बिष्णु खड्का सोलुखुम्बु, शैक्षिक सत्र २०७६ मा कक्षा १ देखिनै भर्नादर बृद्धि गर्ने र शैक्षिक सुधार गर्ने उदेश्यका साथ सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा न ३ काप्mलेचौरमा रहेको हिमगंगा माबिका कक्षा १ देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामग्री तथा लोगो अङकित पोषक बितरण गरिएको लिखुपिके गाउँपालिका वडा न ३ का वडा अध्यक्ष पुण्य बहादुर बस्नेतले बताए । बुधबार एक कार्यक्रमका बिच लिखुपिके गाउँपालिका सोलुखुम्बुका अध्यक्ष डम्बर बहादुर बस्नेत, उपाध्यक्ष प्रमिला बस्नेत लगायत बिद्यार्थी ,अबिभाबकको उपस्थितीमा उक्त सामाग्री बितरण गरिएको हो ।

बिद्यार्थीलाई कापी,कलम,जुत्ता, बिद्यालय पोषक झोला लगायतको शैक्षिक सामाग्री बितरण भएको हो । कार्यक्रम बोल्दै गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले लिखुपिके गाउँपालिका भित्र रहेका सबै बिद्यालयमा बितरण गरिने बताए । त्यस्तै उपाध्यक्ष प्रमिला बस्नेतले लिखुपिके गाउँपालिका भित्र रहेका २२ वटै बिद्यालयमा शैक्षिक सुधार ल्याउने बताइन ।

The post लिखुपिके गाउँपालिकाको हिमगंगा माबिका बिद्यार्थीलाई शैक्षिक सामग्री बितरण appeared first on .



from https://ift.tt/2YwbJtG

No comments:

Post a Comment

Pages