युएस नेपाल क्लाईबर्स एसोसियसनको दोस्रो अधिवेशन,आरोहीहरु सम्मानित - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 24, 2019

युएस नेपाल क्लाईबर्स एसोसियसनको दोस्रो अधिवेशन,आरोहीहरु सम्मानित

युएस नेपाल क्लाईबर्स एसोसियसनले विभिन्न विधामा विश्व कृर्तिमान गर्न सफल आरोहीहरुलाई र सगरमाथा आरोही हरुलाई सम्मान गरेको छ । युएस नेपाल क्लाईबर्स एसोसियसनको दोश्रो अधिवेशन समारोहको औपचारिक सत्रमा आरोही तथा आरोहण क्षेत्रमा प्रशिक्षक रहेर काम गर्दै आएका आरोही प्रशिक्षकहरुलाई सम्मान गरेको थियो । पहिलो चरन् को कार्यक्रम मा सवैभन्दा छिटो सगरमाथा आरोहण गरी विश्व कृर्तिमानी ल्हाक्पा गेलु शेर्पाको प्रमुख आतिथ्यमा र न्यू योर्क सिटी २२ डिस्त्ट्रिक्ट का काउन्सिल मेम्बर कोस्टा कोन्स्टान्टेनेडेस तथा न्यू योर्क सिटी काउन्सिल मेम्बर ३१ डिस्त्रट्रीक्ट डोनाभान रिचार्ड को बिशेष आतिथ्य मा भएको कार्यक्रममा यस् संस्था का सल्लहकार ङवाङ निमा शेर्पा ले स्वागत मन्तब्य दिनु थियो ! कार्यक्रम मा विभिन्न विधामाबाट कृर्तिमान गर्न सफल आरोही ल्हाक्पा गेलु शेर्पा मिङ किपा शेर्पा,छुरिम डोमा शेर्पा, आङ छिरिङ शेर्पा ,आङ फुर्वा शेर्पा तथा सात महादेशको हिमाल आरोहण गर्न सफल पहिलो नेपाली महिला टोलीका आरोही पेमा दिकी शेर्पा र निमा दिमशेर्पा सहित ३५ जना सगरमाथा आरोही ६ जना प्रशिक्षिकहरुलाई सम्मान गरेको संस्थाका निवर्तमान महासचिव आङ ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । त्यसका साथै संस्थालाई विभिन्न तवरबाट सहयोग गर्ने सहयोगीहरुलाई पनि सम्मान गरेको थियो । दोस्रो चरन् को कार्यक्रम मा नेपाली महाबनिज्यदुताबास न्यू योर्क का महाबाणिज्यदुत पुष्प राज भट्टराईको प्रनुख आतिथ्य मा र यस् संस्था का निबर्तमान प्रेसिडेन्ट पासाङ् रिन्जी शेर्पा को सभापतित्व मा सम्पन दोश्रो चरणमा निर्वाचित कार्यसमितिको चयनको बारेमा निर्वाचन कमिटिको संयोजक आङछिरिङ शेर्पाले कार्यसमिति चयनको बारेमा बताएका थिए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन कमिटिका सदस्य ङवाङ निमा शेर्पाले प्रमाण पत्र र आङ जाङबु शेर्पा ले खादा लगाइदिएका थिए । दोस्रो अधिवेशनबाट आरोही पासाङ निमा शेर्पाको अध्यक्षता र मिङ्मार लामा शेर्पा को महासचिब संगै एघार सदसिय नयाँ कार्य समिति चयन भएको छ ।

कार्यक्रमको विशेष अतिथि न्युयोर्क सिटिको काउन्सील मेम्बर कोष्टा कोष्टनटिनिडिसले न्युयोर्कसिटिले नेपाली समुदायको हितमा विभिन्न महत्वपुर्ण कार्यहरु गरेको उल्लेख गदै नेपाली समुदायको सम्मानमा मार्च ९ तारिख बाटोको नाम माउन्ट एभरेष्ट वे को औपाचरिक रुपमा घोषणा गर्न लागेको बताए । न्युयोर्कसिटिले नेपाली समुदायको सम्मानमा हुन लागेको कार्यक्रममा उपस्थित हुन काउन्सीलमेम्बर कोष्टाले सवैलाई आग्रह गरेका थिए । त्यस्तै न्युयोर्कसिटिकै अर्का काउन्सीलमेम्बर डोनाबनले पनि नेपाली समुदायको हितमा सिटि काउन्सील मेम्बरको नाताले आवश्याक सहयोग गर्ने बताएका थिए । कार्यक्रममा लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव तथा नेपाल शिक्षक संघका पुर्व उपाध्याक्ष आङ दावा शेर्पा विश्वको सर्वोच्च शिखर सगरमाथामा विश्वकीर्तिमान कायम गर्न सफल आरोहीहरुले विश्व माझ नेपालको प्रतिष्ठालाई उचो बनाएको भन्दै खुशी व्यक्त गरे । कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि विश्व विख्यात आरोही ल्हाक्पा गेलु शेर्पाले पर्वतारोहण र पर्वतारोहीको हितका लागि प्रवासमा रहेर पनि आरोहीहरुका लागि चालेको कदमको प्रशंसा गर्दै युएस नेपाल क्लाईबर्स एसोसियसनप्रति सम्मान व्यत गर्नुभयो । उहाँलेआफु लगायत सबै सगरमाथा आरोहीहरुलाई सम्मान गरेकोमा खुसी व्यक्त गरेका थिए । उक्त अवसरमा कीर्तिमानी आरोही शेर्पाले न्युयोर्कको बाटोको नाम माउन्ट एभरेष्ट वे भनेर राख्ने कार्यमा विशेष पहल गर्ने काउन्सीलमेम्बर कोष्टा कोन्स्टान्टेनेडेस लाई खादा लगाई सम्मान गरेका थिए । अधिबेसनमा यस् संस्था का सल्लाहकार तथा विधान मस्यौधा समितिका संयोजक आङछिरिङ शेर्पाले पेश गरेको विधान मस्यौदा अधिबेसनले पास गरेका थिए । त्यसै गरी कार्यक्रम मा ट्रेकिङ एजेन्ट्स एस्सोसिएसन अफ नेपाल का पूर्व वाइस प्रेसिडेन्ट ले न्यू योर्क मा गठित यु यस् नेपाल कलाइम्बर्स एस्सोसिएसन को दोस्रो अधिबेसनमा मा भाग लिन पाएको मा खुशी ब्यक्त गर्दै शुभकामना मन्तब्य दिनु भएको थियो ! कार्यक्रममा एनआरएन पर्यटन संयोजक आङ जाङबु शेर्पा ले विश्वले चिनिएको सगरमाथा आरोहीलाई सरकारले विदेशको पर्यटन दुत बनाउनु पर्ने माग गरेका थिए । महाबाणिज्यदुत पुष्पराज भट्टराईले पर्यटन मन्त्रालयले आफनो मनखुसीले अहिलेसम्म पर्यटन दुत बनाएको बताउदै विदेशमा पर्यटन दुत बनाउनका लागी निश्चित मापदण्ड अनुरुपको बनाउनु पर्ने बताएका थिए । कार्यक्रममा सस्थाको अध्यक्ष पासाङ रिन्जी शेर्पाले आफनो कार्यकालमा सहयोग गर्नेहरुलाई धन्यवाद दिदै आगमी कार्यकालमा आफुले सक्दो सहयोग गर्ने बताएका थिए । युएस नेपाल क्लाईबर्स एसोसियसन सन २०१० बाट अनौपचारिक रुपमा सुरु भएको थियो भने २०१४ बाट न्युयोर्क राज्य मा दर्ता भई औपचारिक रुपमा काम गर्दै आएको छ ।

 

The post युएस नेपाल क्लाईबर्स एसोसियसनको दोस्रो अधिवेशन,आरोहीहरु सम्मानित appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2GZdCsC

No comments:

Post a Comment

Pages