शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, February 24, 2019

शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता

शेर्पा किदुग युएईले लोसार विशेष कार्यक्रमको तयारीलाई तिव्रता दिइएको छ । हरेक वर्ष महायानी बौद्ध धर्मवलम्बिहरुको प्रमुख चाड भव्यरुपमा मनाउँदै आएको लोसार विशेष साँस्कृतिक कार्यक्रम सफल बनाउन किदुग परिवार तयारीमा जुटेको हो । शेर्पा किदुग युएईले हरेक लोसार विशेष कार्यक्रम गर्दै आएको छ । विगत झै यो वर्ष पनि मार्च १ मा सा मो फाग् लो २१४६ औ ग्याल्पो लोसार साँस्कृतिक कार्यक्रम २०१९ आयोजना गर्दैछ । शेर्पा समुदायको भाषा, धर्म, संस्कार, संस्कृतिको संरक्षण प्रबर्द्धन र विकासको निम्ति युएईमा स्थापित किदुगले बरदुबइस्थित एभरेष्ट क्लब अस्टोरिया होटेलमा कार्यक्रम गर्दै छ ।

कार्यक्रमको प्रचार प्रसार देखि सम्पूर्ण व्यवस्थापनको काम तिव्र गतिमा अघि बढि रहेको संस्थाका अध्यक्ष निमा शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो । किदुगको वृहत साँस्कृतिक कार्यक्रमका लागि चर्चित गायक गम्बु शेर्पा, नेपालकै पहिलो डिजे,डिजे तेन्जिङ, मोडल तथा डान्सर पुसन लामा, सेलो तथा नादिङ गायक आङतेन्जी शेर्पा, चर्चिक कार्यक्रम सञ्चालिका तथा समाजसेवी याङजोम शेर्पा आमान्त्रित छन । यी चर्चित कलाकारहरुको प्रस्तुति साथै श्यावु्र नृत्य र स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहने अध्यक्ष शेर्पाले बताउनुभयो ।

शेर्पा समुदायको सामाजिक सांस्कृतिक एवं धार्मिक पक्षलाई विशेष जोड दिई विभिन्न शिलशिलामा युएईमा रहेका शेर्पा समुदायलाई एकताबद्ध गर्न मात्र नभई आफ्नो सँस्कृतिको संरक्षण र प्रवद्र्धनको मुख्य उदेश्य सहित सन् २०११ मा स्थापना भएको किदुगले विभिन्न साँस्कृतिक तथा सामाजिक काम गर्दै आएको छ ।

The post शेर्पा किदुग यूएईको लोसार तयारीमा तिव्रता appeared first on DakpiKhabar.com.



from DakpiKhabar.com https://ift.tt/2GZSO42

No comments:

Post a Comment

Pages