सोलुखुम्बुमा अहिले सम्मकै बाक्लो हिउँ । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 27, 2019

सोलुखुम्बुमा अहिले सम्मकै बाक्लो हिउँ ।

खुम्बु क्षेत्रमा २ फिट बाक्लो हिमपात भएको छ । बुधबार देखिको मौसममा आएको प्रतिकुलता संगै गएरातिबाट भएको हिमपातले सोलुखुम्बुकै जनजीवन कष्टकर बनाएको छ ।

जिल्लाको माथिल्लो क्षेत्र लुक्ला र नाम्चेमा २ फिट भन्दा बाक्लो हिउँ परेको लुक्लाबाट तोया श्रेष्ठले बताए । उनले भने, ‘अनवरत रुपमा हिमपात भईरहेको छ । हिउँ खेल्ने संभावना नै छैन् । पारिवारिक रुपमा घर भित्र बसेर आगो र तातो झोलिलो पदार्थको साहारा लिदैछौ ।’ हिमपातकै कारण लुक्लामा लाग्ने साप्ताहिक हाटबजार पनि प्रभावित भएको छ । तल्लो क्षेत्रबाट विक्रिका लागि लगिएका तरकारी तथा खाद्यान्न सामाग्रीहरु हिमपातकै कारण विक्रि गर्न सकिएको छैन् ।

तल्लो क्षेत्र सल्लेरीमा पनि झण्डै ८ ईन्चसम्म हिउँ बसेको छ । राति देखि आएको हिउँ विहान उठ्दा लटरम्म देखेपछि अचम्मित बनेको सल्लेरीका पदक हिङमाङले बताए । अहिले सल्लेरीमा बालबालिका र किशोरकिशोरी हिउँ खेलेर मनोरञ्जन लिने क्रम बाक्लिएको छ । पारिवारिक रुपमा र साथीसमूहका बीचमा गोलबन्द गरि हिउँको मज्जा लिएको सल्लेरीका भरत राईले बताए ।

बाक्लो हिउँपातका कारण सल्लेरी च्याल्सा विद्युत कम्पनीले सोलुदुधकुण्ड नगरपालिका क्षेत्रमा वितरण गरेको विद्युत अबरुद्ध भएको छ । हिउँले ठाउँठाउँमा राखिएको टान्सफर्मरमा समस्या आउने भन्दै केहि घण्टाको लागि विद्युत प्रसारण बन्द गरिएको कम्पनीले जनाएको छ ।

सल्लेरी आसपासका उच्च भेग पिकेडाँडा, पत्ताले, सिलगुडीडाँडा, रात्नाङगे लगायतका डाँडामा पनि बाक्लो हिमपात भएको छ । हिमपात रोकिएको छैन् भने मौसम धमिलो बन्दै गएको छ ।
source by himalfm

The post सोलुखुम्बुमा अहिले सम्मकै बाक्लो हिउँ । appeared first on .



from https://ift.tt/2EivX0B

No comments:

Post a Comment

Pages