वीर अस्पातलको निर्माणाधीन भवनको लिफ्ट चुडिदा दुई जनाको मृत्यु,एक गम्भीर घाइते - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, February 22, 2019

वीर अस्पातलको निर्माणाधीन भवनको लिफ्ट चुडिदा दुई जनाको मृत्यु,एक गम्भीर घाइते

काठमाडौं, फाल्गुन १० । वीर अस्पातलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते भएको छ । ।

महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधारी र २० वर्षीय भूमिकुमार चौधरी छन् भने सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार तीन जना निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु खसेका थिए । त्यसक्रममा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का व्यक्तिलाई हस्पिटल भर्ना गरिएको एक घण्टामा चिकित्सकहरुले मृत घोषित गरेका थिए ।
श्रोत अनलाइन खबर

The post वीर अस्पातलको निर्माणाधीन भवनको लिफ्ट चुडिदा दुई जनाको मृत्यु,एक गम्भीर घाइते appeared first on .



from https://ift.tt/2IvqskI

No comments:

Post a Comment

Pages