ग्याल्पो लोसार मानउदै मार्चमा ८ ईराकको कुर्दिस्तानमा - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 13, 2019

ग्याल्पो लोसार मानउदै मार्चमा ८ ईराकको कुर्दिस्तानमा

इराक – भाषा, धर्म, कला, सांस्कृतिक र भेषभूषा हरेक जातजातीको पहिचान हो, आफ्नो पहिचानको संरक्षण तथा सम्बर्द्धन गरौ’ भन्ने मुल नारा सहित इराक कुर्दिस्तान सुलेमानिको सर्चिनार स्थित नोबेल हलमा ८ मार्च २०१९ का दिन ग्याल्पो लोसारबिशेष कार्यक्रम गरिने भएको छ।

हिमालयन शेर्पा युनिक ग्रुप इराकले १ फेब्रुअरी २०१९ मा सुलेमानिको ल्होसार कार्यक्रम सकिए पस्चात इराकमा शेर्पा जातिको बाहुल्यता भएको हुनाले ग्याल्पो लोसारलाई पनि बिशेषतामा राख्दै सुलेमानिमा रहेका संघ संस्थालाई राय सल्लाह लिइ इराक कुर्दिस्तानमा रहेका सम्पुर्ण नेपालीलाई एकजुट बनाउने र धर्म संस्कृतिको जगेर्ना गर्दै अहिले सम्मकै कार्यक्रम भन्दा भिन्न परिवेशमा रहेर दर्शकलाई मनोरञ्जन दिने जानकारी गराएको छ ।

नेपाली भेट्घाट पार्कदेखि कार्यक्रम स्थलसम्म जानको निम्ति निशुल्क बसको व्यवस्था कार्यक्रम आयोजक हिमालयन शेर्पा युनिक ग्रुपले जानकारी दिएको छ।हिमालयन शेर्पा युनिक ग्रुपले सुलेमानिमा रहेका कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तानलाई प्रत्येक्ष अप्रत्यक्ष रूपमा हरेक कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।

यस कार्यक्रममा पनि कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तानले सहयोगी भुमिका निर्बाह गर्ने कुरा आयोजक टिमले जनाएको छ ।



from Sherpa media Group Nepal http://bit.ly/2BB2azP

No comments:

Post a Comment

Pages