खिजीदेम्बामा २ दिने लोसार सास्कृतिक कार्यक्रम हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Sunday, January 27, 2019

खिजीदेम्बामा २ दिने लोसार सास्कृतिक कार्यक्रम हुने

ओखलढुङा, माघ १३ । प्रदेश नं-१ का माननीय मुख्यमन्त्री शेरधन राईको विशेष अतिथ्यतामा खिजीदेम्बा गाउँपालिकामा २१४६ औं स मो फाक लो ग्याल्पो लोसारको दुई दिने लोसार सास्कृतिक कार्यक्रम हुने भएको छ ।

“भाषा,धर्म,संस्कृति हाम्रो पहिचान,जातीय र सामाजिक सद्भाव हाम्रो अभियान” भन्ने मुल नाराका साथ ओभरसिज हेल्पिङ ह्यान्डस् खिजीदेम्बाले २ दिने लोसार सास्कृतिक कार्यक्रम आयोजना गर्न लागेको हो ।
माघ २९ गते सुरु हुने लोसार कार्यक्रममा प्रदेश नं-१ का माननीय मुख्यमन्त्री शेरधन राई, प्रदेश सभा “क” ओखलढुंगाका माननीय संसद आम्बिरबाबु गुरुङ र श्रद्धाय धर्मगुरु खेन्पो पेमछिरी शेर्पाको बिशेष उपस्थित हुने आयोजकले जानकारी दिएका छन ।

बृहत खुल्ला श्याब्रु नृत्य प्रतियोगिता,पछिल्लो समयमा लोप हुन लागेको शिली नाच,बाच्छै बाजा र टुङ्ना प्रदर्शनीका साथमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

२ दिने कार्यक्रम

१ प्रदेश नं-१ का माननीय मुख्यमन्त्री शेरधन राईको विशेष अतिथ्यता
२ प्रदेश सभा “क” ओखलढुंगाका माननीय संसद आम्बिरबाबु गुरुङ र श्रद्धाय धर्मगुरु खेन्पो पेमछिरी शेर्पाको विशेष अतिथ्यता
३ स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकार,हस्यकलाकारहरुको विशेष सांगीतिक प्रस्तुति
४ ख्यातिप्राप्त कलाकारहरु गायक गम्बु शेर्पा,डिजे तेन्जिङ शेर्पा सन्जोक योन्जान तामाङ एपी शेर्पा जीवन् बम्जन तामाङ,गायिका ओङमु लामा शेर्पा, पेम्बी लामा शेर्पा, हास्य कलाकार यादव देवकोटा, पासाङ टी गायक जीवन् सुनुवार,गोन्पो शेर्पा,पासाङ शेर्पा, मोडेल तथा नृत्य कलाकार रुपा एस घाले, पासाङ ल्हामु शेर्पा

माघ २९ गते
लोसार विशेष शुभकामना आदानप्रदान,बृहत खुल्ला श्याब्रु नृत्य प्रतियोगिता,बाच्छै बाजा,शिली नाच,टुङ्ना प्रदर्शन,स्थानीय कलाकारहरुको बेजोड सांगीतिक प्रस्तुति बेलुका 11 बजे डिजे सेसन

फागुन १ गते
राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको संगीतिक प्रस्तुति,कार्यक्रम प्रयोजक,सहयोगी मनहरुलाई सम्मान-पत्र वितरण

कार्यक्रम हुने स्थान खिजीदेम्बा गाउँपालिका -५ खिजीफलाटे बजार

नोट- ल्होसार कार्यक्रममा पाल्नुहुने महानुभावहरुलाई यथाशक्य शेर्पा पोसाकमा उपस्थिति भइ दिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

The post खिजीदेम्बामा २ दिने लोसार सास्कृतिक कार्यक्रम हुने appeared first on .



from http://bit.ly/2MzwGOJ

No comments:

Post a Comment

Pages