सोलुखुम्बुको लुक्लामा आगलागी हुँदा एक घर जलेर नष्ट - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 28, 2019

सोलुखुम्बुको लुक्लामा आगलागी हुँदा एक घर जलेर नष्ट

१४ माघ २०७५ सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो भएको आगलागीमा गाउँपालिकाको वडा नम्बर २ का लाक्पा रिन्जी शेर्पाको घर जलेर नष्ट भएको छ ।

मिटर बक्समा विद्युत सर्ट भएर लागेको आगो स्थानियबासी, प्रहरी र सेनाको सहयोगले नियन्त्रणमा लिईएको थियो । स्थानिय स्तरमा जडित अग्नि नियन्त्रण प्रणालीबाट समयमै आगो नियन्त्रण गर्न सफल भएको कारण वरपरका घरहरू आगो सल्किन नपाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

घर भित्र रहेका खाद्यान्न, लत्ताकपडा, नगद जल्दा ५७ लाख बराबरको क्षति भएको प्रहरी निरिक्षक अमर निरौलाले बताए । शेर्पाको घरमा सोताङ गाउँपालिका ४ का लाखमान तामाङको परिवार भाडामा बस्दै आएका थिए ।

The post सोलुखुम्बुको लुक्लामा आगलागी हुँदा एक घर जलेर नष्ट appeared first on .



from http://bit.ly/2FUvR2E

No comments:

Post a Comment

Pages