हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले लोसार गुथुक साँझ तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, January 30, 2019

हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले लोसार गुथुक साँझ तथा बृहत साँस्कृतिक कार्यक्रम गर्दै

काठमाडौँ – हिमालयन शेर्पा साँस्कृतिक केन्द्रले नेपालको सम्पुर्ण महायान बौद्ध धर्मावलम्बीहरुको नयाँ वर्ष तथा राष्ट्रिय महान चाड स मो फाग् लो २१४६ औं ग्याल्पो लोसार तथा संस्थाको रजत जयन्तीको अवसरमा “लोसार गुथुक साँझ” आयोजना गर्ने भएको छ ।


शेर्पा भाषाको संरक्षण गर्ने उद्देश्यले २०४९ सालमा स्थापना भएको यस हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले स्थापना कालदेखि शेर्पाहरूको भाषा, कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रसम्म परिचित गराउने कार्यहरू गर्दै आइरहेको छ । यस बर्ष पनि साम्दे शेर्पा स्मृति वक्तृत्वकला प्रतियोगिता शेर्पा श्याब्रु नृत्य प्रतियोगिता वरिष्ठ हास्यव्यंग्य कलाकार साम्दे शेर्पा राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम तयारी सम्पन्न भएको महासचिब सेर्कु शेर्पाले जानकारी दिनुभयो । उक्त कार्यक्रम चुच्चेपाटी स्थित ह्यात चौरमा यही माघ २०, २१ र २२ गते हुने कार्यक्रम संयोजक आङ डोमा शेर्पाले जानकारी दिनुभयो ।

सबै जिल्लाका शेर्पाहरू बीचमा आपसी मैत्रीभाव कायम गर्ने र शेर्पा कला संस्कृतिको विविधतालाई एउटै थलोमा ल्याई प्रस्तुत गराउन यी कार्यक्रमहरु गर्न लागेको संयोजक शेपाले जानकारी गराउनुभयो ।

स्थापनाको २६ औ बर्षमा प्रवेश हँुदै गर्दा भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू रक्षाको सवालमा कार्य गर्दै आइरहेको र बिशेषत शेर्पा युवापुस्ताबाट टाढिदै गईरहेको सस्कार सँस्कृतिलाई संरक्षण, सम्वद्र्धन गर्ने उद्देश्यले संस्थालाई अगाडि बढाई रहेको संस्थापक अध्यक्ष छिरिङ शेर्पाले जानकारी दिनुभयो ।

उहाँले विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्छ, हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्छौ ।

विश्वका जुनसुकै देशमा रहेता पनि हाम्रो एकताको प्रतिविम्ब हाम्रो भाषा, संस्कृति, भेषभुषा र परम्परागत मुल्य र मान्यताहरू जोगाए मात्रै हाम्रो अस्तित्व र पहिचान जोगिने र त्यसपछि मात्र हामी आफैमा शेर्पा हुनुको सार्थकता पनि झल्किन्ने र हामी आफैमा नेपाली शेर्पा हुनुमा गर्व गर्न सकिने संस्थापक अध्यक्ष छिरिङ शेर्पाले बताउनुभयो ।

ग्याल्पो लोसार कार्यक्रम :

– २०७५ साल माघ २० गते लोसार गुथुक साँझ तथा बृहत साँस्कृतिक कार्यक्रम

– २०७५ साल माघ २१ गते साम्दे शेर्पा स्मृति वक्तृत्वकला तथा शेर्पा नृत्य श्याब्रु प्रतियोगिता, रक्तदान कार्यक्रम

– २०७५ माघ २२ गते साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार तथा प्रतियोगिताको विजेताहरुलाई पुरस्कार वितरण, रजत यात्रा नामक ग्रन्थ बिमोचन साथै बृहत साँस्कृतिक कार्यक्रम तथा डिजे सेसन नेपालको पहिलो डिजे ः तेन्जिङ शेर्पाको साथमा प्रत्येक दिन साँस्कृतिक कार्यक्रम।



from Sherpa media Group Nepal http://bit.ly/2ThIeJ0

No comments:

Post a Comment

Pages