डिजे छेवाङ र युवा गायक सोनामको साथमा ग्याल्बो ल्होसार सााँस्कृतिक साँझ - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, January 18, 2019

डिजे छेवाङ र युवा गायक सोनामको साथमा ग्याल्बो ल्होसार सााँस्कृतिक साँझ

शेर्पा संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको ग्याल्बो ल्होसार साँस्कृति साँझ कार्यक्रममा विश्व किर्तिमानी डिजे, डिजे छेवाङ र युवा गायक सोनाम शेर्पाले आफ्नो प्रस्तुती दिने भएका छन् । २१४६ औं स मो जमिन धातु फाक ल्हो सुंगुर वर्ग को अवसरमा ल्होसार साँस्कृतिक साँझ कार्यक्रम गर्न लागिएको हो । संघले आगामी फेब्रुवरी ४ मा दक्षिण कोरीयाको राजधानी सउल स्थित थापसिम्री स्टेशन गेट नं १ स्थित गोल्डेन टावर ८८ कोल्ला थेक रेष्टुरेण्टको हलमा कार्यक्रमको आयोजना गरेको आयोजकले जनाएको छ ।

साँझ ७ बजेबाट बिहान ६ बजेसम्म सञ्चालन हुने कार्यक्रममा मुख्य आकर्षणको रुपमा शेर्पा समुदायका ख्यातीप्राप्त गायक सोनाम शेर्पा र किर्तिमानी डिजे छेवाङ रहने र साथमा स्थानिय आप्रवासी शेर्पा कलाकारहरुको पनि प्रस्तुती रहने संघका महासचिव थुतुङ गेल्जे शेर्पाले बताए ।

विभिन्न शिलशिलामा दक्षिण कोरियामा बसोबास गरिरहेको शेर्पा समुदायमा एकरुपता ल्याउन, भाषा,धर्म, संस्कृतिको संरक्षणमा निरन्तरता दिन र समुदायसंग सम्बन्धित विभिन्न विषय र क्षेत्रहरुमा नेपालमा पनि हातेमालो र योगदान दिन स्थापित संघले ल्होसार विशेष कार्यक्रम र अन्य विभिन्न कार्यक्रम गर्दै आईरहेको बताउँदै संघका अध्यक्ष पासाङ शेर्पाले कार्यक्रममा उपस्थित भई सफल बनाइदिन कोरियास्थित सम्पुर्ण संघ संस्था लगायत सम्बन्धित सबैमा आग्रह गरेका छन् ।

The post डिजे छेवाङ र युवा गायक सोनामको साथमा ग्याल्बो ल्होसार सााँस्कृतिक साँझ appeared first on .



from http://bit.ly/2QY6P3J

No comments:

Post a Comment

Pages