काठमाण्डौमा छ दिने दसौं ञिङ्मा मोन्लाम शुरु - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, December 17, 2018

काठमाण्डौमा छ दिने दसौं ञिङ्मा मोन्लाम शुरु

काठमाण्डौमा पौष–२
विश्व प्रसिद्ध बौद्धहरूको महान् तीर्थ स्थल, विश्व सम्पदामा सूचिकृत बौद्धनाथ छोर्तेन ज्यरुङ खशोरको नजिकै रहेको शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा नेपाल बौद्ध ञिङमा संघको आयोजनामा आज पौष शुक्लपक्ष दशमीदेखि पुर्णिमासम्म छ दिने दसौं नेपाल ञिङ्मा मोन्लाम (प्रणिधान पूजापाठ) कार्यक्रम शुरु भएको छ ।
नेपाल बौद्ध ञिङमा संघले २०६६ सालदेखि वार्षिक रुपमा पवित्र स्थल बौद्धनाथ चैत्य परिसरमा यो मोन्लम कार्यक्रम आयोजना गर्दै आएको भए तापनि बौद्धनाथ चैत्य दर्शन तथा परिक्रमा (कोरा) गर्नेहरुलाई असहज हुने भएको हुँदा शेर्पा सेवा केन्द्र (शेर्पा गोन्पा) मा आयोजना गरिएको छ । शाक्यमुनि बुद्धको जन्मभूमि नेपाल लगायत विश्वमै दिगो शान्ति, सुख, समृद्धि फैलाउन, नेपालमा रहेका बौद्ध तीर्थहरूको प्रचारप्रसार एवं धार्मिक तथा सांस्कृतिक महत्वलाई अक्षुण राख्न र आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनको साथै नेपालमा दिगो शान्ति स्थापना गर्नको लागि यो मोन्लाम कार्यक्रम आयोजना गरिएको नेपाल बौद्ध ञिङ्मा संघका अध्यक्ष श्रद्धेय सेङ्डाक टुल्कु रिन्पोछेज्यूले बताउनु भयो ।
दैनिक विहान ७ः३० देखि अपह्रान ४ बजेसम्म हुने पाठपूजा कार्यक्रममा महायान बौद्ध परम्परा अनुसार विहान शरण गमन, बोधिचित्त उत्पाद, प्रज्ञापरामिता हृदय सूत्र, आचार्य पद्मसम्भवका सप्त परिच्छेद, आर्य भद्रचर्या प्रनिधान राजा, आर्य मञ्जुश्री नाम सांगीति, तारा स्तुति आदिको साथै मंगल परिणामनाको पाठ गरिन्छ ।
व्यक्तिगत स्वार्थ र खुशीको सानो परिधिबाटमाथि उठेर समस्त प्राणीहरूको हितार्थ बौद्धमार्गीहरूले सामूहिक रुपमा सम्पूर्ण प्राणीहरूको सुख, शान्ति र संवृद्धिको कामना गर्दै बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिकाहरूले लाया बद्ध रुपमा मोन्लाम मन्त्र पाठ गरिरहेको थियो । पूजा स्थलमा रांगीचंगी विभिन्न आकारमा निर्माण गरिएको तोर्मको साथै आठ प्रकारका पूजा र निर्माल जलले सजाएर पूजा गरिरहेका छन् । आफुले मन्त्र पाठ गर्न नआए पनि रिन्पोछेज्यूहरूको दर्शन र लामाहरूले सामूहिक रुपमा पाठ गरेको देख्न र सुन्न मात्र पाएपनि आफुलाई मनमा शान्ति भएको पूजामा उपस्थित श्रद्धालु भक्तजनहरूको भनाई रहेको छ ।
पाठपूजा मोन्लम कार्यक्रममा विशिष्ठ धर्म गुरु परम पूज्य नम्खा रिन्पोछे, परम पूज्य तेङबोछे रिन्पोछे, परम पूज्य देफुक टुल्कु रिन्पोछे, परम पूज्य टुल्कु रिन्जीन पेमा रिन्पोछे, परम पूज्य कोन्छोग छिरिङ रिन्पोछे, परम पूज्य मरकोम रिन्पोछे, परम पूज्य पेमा थरछिन रिन्पोछे, परम पूज्य गेटक रिन्पोछे आदिको साथै नेपालमा रहेका विभिन्न जिल्लका गोन्पाहरूबाट हजारौं बौद्ध भिक्षु, श्रमणेर, श्रमणेरिकाहरूको साथै उपसक, उपसिकाहरूको व्यापक उपस्थिति रहेका छन् ।


आज पौष २ देखि ७ गतेसम्म, छ दिन आयोजना हुने मोन्लाम कार्यक्रममा विभिन्न संघ–संस्थाहरूबाट स्वयं सेवाहरूले निस्वार्थ रुपमा सरसफाईदेखि लिएर मोन्लाममा उपस्थित भिक्षु, श्रमणेर, श्रमणेरिका, उपसक, उपसिका र श्रद्धालु भक्तजनहरूलाई चिया, खाजा, खाना अदि वितरण गर्ने कार्यमा साथ दिई रहेका छन् ।



from Sherpa media Group Nepal https://ift.tt/2AcVY0n

No comments:

Post a Comment

Pages