शेर्पा किदुग युएई को लोसार कार्यक्रम मार्च १ मा हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Saturday, December 1, 2018

शेर्पा किदुग युएई को लोसार कार्यक्रम मार्च १ मा हुने

शेर्पा किदुग युएईले बिगतका बर्षहरु झैं यस बर्ष पनि शेर्पा समुदाय मुख्य चाड ल्होसारकोअवसरका लोसार साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । स मो फ्का लो २१४६ औं ग्याल्पो ल्होसारको अवसरमा १ मार्च २०१९शुक्रबारका दिन विविध कार्यक्रम सहित लोसार साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष निमा शेर्पाले जानकारी दिनुभयो । शेर्पा समुदायको भाषा,धर्म,कला संस्कृति संरक्षण तथा प्रवद्र्धनका लागि रोजगारीको सिलसिलामा दुबईमा रहेको शेर्पाहरुले ग्याल्पो लोसारको अवसरमा शुभकामना आदनप्रदान सहितको कार्यक्रम गर्न लागेको हो । संस्थाले आफ्नो धर्म,संस्कृति तथा रितिरिवाजलाई संरक्षण गर्ने उदेश्य सहित दुबईमा विभिन्न स्थानमा काम गरिरहनु भएको शेर्पाहरुलाई एकताबद्ध गराई नया वर्ष लोसारको अवसरमा कार्यक्रम गर्न लागेको अध्यक्ष शेर्पाले बताउनुभयो ।

३० नोभेम्बर २०१८ बर दुबई स्थित नशा क्लब तथा रेस्टुरेन्टमा शेर्पा किदुग युएईको केन्द्रिय समितिको बैठकबाट शेर्पा किदुग युएईले स्थापनाकाल देखि निरन्तरता गर्दै आएको कार्यक्रम सातौं पटक गर्न लागेको हो । लोसार कार्यक्रमको लागि आवश्यक नेपाल शेर्पा कलाकार संघ संग सहकार्य गरि निमन्त्रणा गर्ने जनाएको छ । शेर्पा किदुग युएईको कलाकारको साथीहरुले श्याव्रु लगायत सिमित स्थानीय कलाकारहरुले समेत प्रस्तुति रहने छ संस्थाले जनाएको छ । २१४६ औं सा मो फाक ल्हो ग्याल्पो लोसार कार्यक्रमका लागि निम्न पदाधिकारीहरुलाई जिम्मेवारी प्रदान गरेको अध्यक्ष निमा शेर्पाले शेर्पा सञ्चारलाई जानकारी दिनुभयो ।
व्यवस्थापन प्रमुख संयोजक नुरु पिनासा शेर्पा
प्रचार प्रसार प्रमुख निमा शेर्पा र सोनाम शेर्पा
आर्थिक विभाग प्रमुख दिकि शेर्पा
टिकट विकृी वितरण प्रमुख कान्छा शेर्पा
स्वंयम सेवक प्रमुख आङ ल्हमु शेर्पा
यातायात विभाग प्रमुख टासि लामा शेर्पा
अतिथि सम्मान सत्कारको लागि
प्रमुख पासाङ रिन्जि शेर्पा
पेम्बा डोमा शेर्पा
पेमदिकि शेर्पा
माया शेर्पा



from Sherpa media Group Nepal https://ift.tt/2RtzA9A

No comments:

Post a Comment

Pages