निर्वाचन बहिस्कार भएको तिङ्लामा निर्वाचन हुने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, November 13, 2018

निर्वाचन बहिस्कार भएको तिङ्लामा निर्वाचन हुने

सोलुखुम्बु: सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्लामा उपनिर्वाचनको लागि सिफारिस गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले देशै भरि उपनिर्वाचन हुँदा सोलुखुम्बुको तिङ्लामा पनि निर्वाचन हुनुपर्ने प्रतिवेदन सहित सिफारिस गरेको जनाएको छ ।
सावीक तिङ्ला गाविस हालको सोलु–दूधकुण्ड नगरपालिका–११ मा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी नै नपरेका कारण जनप्रतिनिधि चयन भएको छैन । २०७४ सालमा भएको स्थानिय चुनावमा नगरपालिका भित्र नपारीएको भन्दै त्यहाँका स्थानियले “नो भोट, नो क्यानिडेट” सहित तीनै तहको निर्वाचन बहिस्कार गरेका थिए ।

यस विषयमा जिल्ला निर्वाचन कार्यालयले केन्द्रमा विवरण पाठाइ सकेको जनाएको छ । निर्वाचन कार्यालयले गृह मन्त्रालयमा विवरण पेश गरि सकेको र सरकाले निर्णय गरेमा आपूmहरु निर्वाचन गराउन तयार रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख मधुकर प्रसाद पोखरेलले जानकारी दिनुभयो । नेपालका विभिन्न क्षेत्रमा प्रदेश र स्थानिय तहमा जनप्रतिनिधि नभएकाले उप निर्वाचन गराउनु पर्ने अवस्था छ । सोहि समयमा सोलुखुम्बुको तिङ्लामा पनि उप निर्वाचन हुने प्रमुख पोखरेलले बताउनु भयो ।

तिङला सहित देशभरमा ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वा्चित र फौज्दारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् । रिक्त पदमा नेपालको संविधानले व्यवस्था गरेअनुसार उपनिर्वाचन हुने आयोगले जनाएको छ ।

 

-solufm

The post निर्वाचन बहिस्कार भएको तिङ्लामा निर्वाचन हुने appeared first on .



from https://ift.tt/2OEfMOo

No comments:

Post a Comment

Pages