खुम्बु क्षेत्रमा दुई पर्यटको मृत्यु । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Friday, November 9, 2018

खुम्बु क्षेत्रमा दुई पर्यटको मृत्यु ।

सोलुखुम्बु ः खुम्बु भ्रमणमा आएका दुई बिदेशी नागरिकको मृत्यु भएको छ । सगरमाथा क्षेत्र भ्रमणमा आएका अस्ट्रिया र युक्रेनी नागरिकको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
खुम्बुपासाङल्हामु गाउँपालिका ४ मा रहेको इम्चाचे हिमाल आरोहण गरि आइलमपिक हुदै फर्कने क्रममा डोरीबाट चिप्लिएर झर्दा अस्ट्रियाकी २९ वर्षिया जिल समसि भेरा को मृत्यु भएको प्रहरी नायव उपरिक्षक सालिग्राम शर्माले जानकारी दिनुभयो । उनी कात्तिक १० गते पाँच जनाको टोली सहित खुम्बु भ्रमणमा आएकी थिईन् ।

यसैबीच, युक्रेनी पुरुष नागरिक ४८ वर्षिय एक्सम्यान्स्को खोम्यान्को सेहीको पनि मृत्यु भएको छ । खुम्बु भ्रमणमा आएका खोम्यान्को खुम्बुकै बैङ्कर स्थीत लालिगुँरास होटलमा बास बसेर मन्जु भन्ने स्थानमा झर्ने क्रममा मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

विहिबार बिहान करिब ११ः५५ को समयमा श्रीमति समेत संगै भएको बेला अचानक मृत्यु भएको बताईएको छ । मृतकको शब लुक्ला ल्याई आवश्यक कानुनी प्रकृया पुरा गरि पोष्ट माटमको लागि काठमान्डौ लगिएको छ ।
-solufm

The post खुम्बु क्षेत्रमा दुई पर्यटको मृत्यु । appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2FdptnF

No comments:

Post a Comment

Pages