बुद्धवचन अनुवाद समितिको दिपवाली शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

बुद्धवचन अनुवाद समितिको दिपवाली शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)

काठमाडौँ, कात्तिक २१ । बुद्धवचन अनुवाद समिति नेपालद्धारा आयोजित देव अवतरण दिवस (ल्हाभव धुइछेन) तथा शुभ दिपावली, छट, नेपाल संवत शुभकामना एव चियापान कार्यक्रमको साथमा भागवती प्रज्ञापरामिता हृदयसुत्रको बिमोचन सम्पन्न भएको छ ।
बौद्ध हार्मिक होटलमा आयोजित कार्यक्रम धर्मगुरु परम पुजनीय क्याब्जे शेछेन राब्ज्याम रिन्पोछेको प्रमुख आतिथ्यता, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री माननीय धन बहादुर बुढा मगरको विशेष अतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा विशेषअतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री धन बहादुर बुढाले शुभकामना सहित अनुवाद समितीलाई राज्य स्तरबाट सक्ने सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा देव अवतार (ल्हाभव धुइछेन) को बारेमा नेपाल बौद्ध महासंघका अध्यक्ष आचार्य कर्मा रिन्छेनले प्रष्टाउनु भएको थियो । भगवत गौतव बुद्ध देव लोकबाट पृथ्वी लोकमा आएको दिनलाई देव अवतार दिवसको रुपमा बौद्धधर्मालम्बीहरुले मनाउदै आएको उहाले बताए ।
त्यसैगरि खेन्पो निमा सिंगेलामाले नेपालीमा अनुवाद हुदै गरेको प्रज्ञापरमिता सुत्रको बारेमा प्रष्टाउनु भएको थियो । उहाँ १६ ठेली रहेको प्रज्ञापरामिता (युम)लाई नेपालीमा अनुवाद गर्न गहन अध्ययन गरि शव्द्धको अर्थ निकालेर नेपालीमा अनुवाद गरि रहेको बताए ।
अनुवाद समितिलाई रु एक लाख भन्दा माथी आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई प्रमुख अतिथिको हातबाट सम्मान गरिएको थियो भने नेपालीमा अनुवाद गर्दै आउनु भएका अनुवादहरुको परिचय गराइएको थियो ।
यस समितिले बुद्ध ग्रन्थ प्रज्ञापारमिता (युम) लाई सम्बोटा लिपिबाट नेपालीमा अनुवाद गरि सबैमा अध्ययन गर्न सजिलो होस भनी ४ बर्षे योजनाका साथ अनुवाद गरि रहेको छ । समितिले प्रज्ञापारमितालाइ अनुवाद गर्दै आएको १ बर्ष भएको समितिका अध्यक्ष टिका शेर्पाले जानकारी दिनुभयो ।
पिपलबोट, बौद्धमा कार्यलय स्थापना गरि खेन्पो निमा साङ्गे, गेसे सेराप शेर्पा, गेसे लोप्साङ लामा, गेसे थुप्तेन जिन्पा शेर्पा, प्रो. मिलन शाक्य, प्रो. पुन्य प्रसाद पराजुली आर्चाय तेन्जिङ, आर्चाय नोर्बु शेर्पा, आर्चाय कार्म रिन्छेन शेर्पा, टिका शेर्पा, कर्मा ओङछु शेर्पा, चन्द विर तामाङले निरन्तर रुपमा अनुवाद गरि रहेका छन । यस अनुवाद समितिलाई कपन गुम्बा, सेचेन गुम्बा, सम्तेन्लिङ गुम्बा, उर्गेन दोर्जे क्ष्योलिङ गुम्बा फार्पिङ, सेलकर गुम्बा छुवार डोफेन्लिङ गुम्बा आदिले सहयोग गरि रहेको शेर्पाले जानकारी दिनु भयो ।

 

 

 

 

 

 

 

The post बुद्धवचन अनुवाद समितिको दिपवाली शुभकामना कार्यक्रम सम्पन्न (फोटो फिचर सहित) appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2OAvIBq

No comments:

Post a Comment

Pages