सचेत हुनसके क्यान्सरबाट जोगिन सकिने - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, November 7, 2018

सचेत हुनसके क्यान्सरबाट जोगिन सकिने

काठमाडौँ, कार्तिक २१ । नेपाल वुमन चेम्बर र नेपाल क्यान्सर अस्पतालको संयुक्त आयोजनामा आयोजित स्तन क्यान्सर रोकथाम विषयक कार्यक्रम सम्पन्न भएको छ ।सहभागी विज्ञहरुले क्यान्सरबाट जोगिन सबै सचेत हुनुपर्नेमा जोड दिएका थिए

कार्यक्रममा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मलहोत्राले क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्न नेपाल चेम्बर अफ कमर्सले सहयोग गर्ने बताउनुभयो । उहाँले आम नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील हुनुपर्ने र क्यान्सरजस्ता घातक,यसका लागिधेरै स्रोतसाधान चाहिने भएकाले सरकारले स्वास्थ्य बीमा नीति अवलम्बन गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक तथा क्यान्सर विशेषज्ञ डा. सुदिप श्रेष्ठले क्यान्सर रोगी उपचारका लागि अब विदेश जान नपर्ने गरी सबैखाले सेवा एकै ठाउँमा उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँले अस्पताललाई प्रविधियुक्त बनाइएकोले क्यान्सर रोगीले सजिलै उपचार गर्न पाउने बताउनुभयो ।
नेपाल वुमन चेम्बरका अध्यक्ष डा. अन्जान शाक्यले रोग लागेर उपचार गराउनुभन्दा रोग लाग्नै नदिन समयमै सचेत हुन आम नेपालीहरुलाई आग्रह गर्नुभयो ।
उहाँले स्तन क्यान्सर महिला र पुरुष दुवैलाई हुने भएकाले क्यान्सरबारे जानकारी लिनुपर्ने,त्यसबारे थाहा पाइराख्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष डा. शाक्यले अहिले पनि सबै ठाउँका जनता क्यान्सरप्रति सचेत हुन नसकेको अवस्था रहेकाले देशव्यापीरुपमा ,देशका कुना कुनामा क्यान्सरसम्बन्धी जनचेतना जगाउन आवश्यक भएको बताउनुभयो ।
उहाँले कामकाजी र व्यवसायिक महिलाको क्यान्सर रोगथाम तथा जाँचको चेतना फैलाउन ठूलो भूमिका रहने बताउँदै क्यान्सरसँग लडिरहेका व्यक्तिहरुको सहारा समूहमा महिलाले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नेपाल वुमन चेम्बर स्वास्थ्य विभागका संयोजक तथा नेपाल क्यान्सर अस्पतालका निर्देशक स्वरुपा श्रेष्ठले कार्यक्रमको परिकल्पना तथा व्यवस्थापन गर्नुभएको थियो । उहाँले नेपाल वुमन चेम्बरका सदस्यहरुको स्वास्थ्य परीक्षण गर्दा ५० प्रतिशत छुट दिइने जानकारी दिनुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा. विजेशराज धिमिरेले नेपाल क्यान्सर अस्पताल र नेपाल चेम्बर अफ कमर्सले भविष्यमा अझ नजिकिएर सामाजिक कार्य गर्ने बताउनुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा अस्पतालका सर्जिकल अन्कोलोजी विभाग प्रमुख डा. कपेन्दशेखर अमात्यले स्तन क्यान्सरका बारेमा सहभागीहरुलाई प्रस्तुतिसहित विशेष जानकारी दिनुभएको थियो ।
नेपाल क्यान्सर अस्पतालले क्यान्सर भए नभएको तत्काल पत्ता लगाउने डिजिटल मेमोग्राम ल्याएको छ । के कारणले क्यान्सर हुन्छ भनी जान्न आवश्यक छ । क्यान्सर भए नभएको थाहा पाउन कम्तीमा वर्षको एक पटक स्केनिङ गर्नुपर्नेमा क्यान्सर विज्ञहरुले जोड दिनुभएको छ ।
श्रोत मैत्री न्युज डटकम

The post सचेत हुनसके क्यान्सरबाट जोगिन सकिने appeared first on Online Nepali News, Himali News, Himali sandesh, Live News.



from Online Nepali News, Himali News, Himali sandesh, Live News https://ift.tt/2qzDT7q

No comments:

Post a Comment

Pages