पूर्णबहादुर तामाङ (कान्छा राम) भन्नुहुन्छ, कसम खाएर भन्छु, मैले चुनावको समय शेर्पा भोट चाहिन्दैन भनेको होइन । - Informative Sherpa Portal

Informative Sherpa Portal

Linking Community Online

Breaking

Home Top Ad

Post Top Ad

Monday, November 5, 2018

पूर्णबहादुर तामाङ (कान्छा राम) भन्नुहुन्छ, कसम खाएर भन्छु, मैले चुनावको समय शेर्पा भोट चाहिन्दैन भनेको होइन ।

कर्मारिञ्जी शेर्पा,रामेछाप संवाददाता शेर्पा सन्चार समुह कार्तिक २० मंगलबार
नेपाल कंग्रेस उमाकुण्ड गाउँपालिका १ नं. वडा कार्यसमितिद्वारा आयोजित शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान, चियापान,सम्मान तथा विविध संस्कृति कार्यक्रम आज रामेछापको गुम्देलमा सम्पन्न भएको छ ।

प्रतिनिधि सभा उम्मेदवार पूर्णबहादुर तामाङ कान्छा रामको प्रमुख अतिथित्वमा भएको उक्त कार्यक्रममा प्रदेश सभा क का उमेदवार रत्नबहादुर कार्की,उमाकुण्ड गाउँपालिकाको उप प्रमुख उर्मिला कार्की बस्नेत, गोकुलगांग वडा नं. १ का वडा अध्यक्ष मणि कुमार तामाङ,लिखुपिके वडा नं. ५ का वडा सदस्य कान्छीमाया विक ,उमाकुण्ड गाउँपालिका वडा सदस्य कर्मा वङ्छु शेर्पा,ईश्वरी कार्की,सविना दर्जी,उमाकुण्ड गाउँपालिकाको वडा नं. २ का वडा सदस्य दोर्जी शेर्पा लगायत अन्य पार्टी प्रतिनिधि र संघ संस्था प्रतिनिधि सहित लगभग २०० जनाको उपस्थिति थियोे ।

कार्यक्रममा बोल्नु हुदै चुनावको समयमा बोलेको सबै काम पूरा गरिदिने प्रतिबद्ध गर्नुभयो र किरिया हालेर भन्छु मैले चुनाव समयमा शेर्पाको भोट चाहिदैन भनेर बोलेको होइन मलाई आरोप लगाएको छ उहाँले भन्नुभयो । साथै उमाकुण्ड वडा नं. १ का वडा अध्यक्ष र गाउँपालिकाको उप प्रमुखलाई निवेदन चल्याउनु होस गुम्देलमा विधुतको खम्बा दिन्छु भन्नुभयो ।

कार्यक्रम बोल्दै उमाकुण्डको उप प्रमुख लगायत सबै जनाले दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान गर्नुभएको थियोे । उक्त चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बृद्ध तथा फरक क्षमता भएको व्यक्तहरूलाई नगदसहित प्रमाणपत्रबाट सम्मान गरिएको थियो ।



from Sherpa media Group Nepal https://ift.tt/2PdSeF5

No comments:

Post a Comment

Pages